श्री गढीमाई बहुमुखी क्याम्पसको जग्गा खरिदका लागि तीन जना जग्गा दाताले सात कठ्ठा दश धुर जग्गा दान र ६४ जनाले तुला दान गरेका छन ।
महागढीमाई नगरपालिका वडा नं १ अवस्थित रहेको श्री गढीमाई बहुमुखी क्याम्पसद्वारा आयोजना गरिएको श्रीमद भागवत सप्ताह कथामा क्याम्पको जग्गा खरिदका लागि अहिले सम्म तीन जना जग्गा दाताले सात कठ्ठा दश धुर जग्गा दान गरेका छन ।
जग्गा दान गर्नेमा महागढीमाई नगरपालिका वडा नं १ मा बस्ने महालाल साह कानुले चार काठ दश धुर जग्गा दान गरेको छ भन्ने महागढीमाई नगरपालिकाका वडा नं २ मा बस्ने महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र यादवको बुवा महेन्द्र यादवले दुई कठ्ठा जग्गा दान गरेका छन् ।
त्यस्तै महागढीमाई नगरपालिकाका वडा नं ६ मा बस्ने दरोगा यादवले एक कठ्ठा जग्गा दान गरेको श्री गढीमाई बहुमुखी क्याम्पसका प्रधानाध्यापक धर्बेन्द्र यादवले बताएका छन ।
त्यस्तै श्रीमद भागवत सप्ताह कथामा क्याम्पको जग्गा खरिदका लागि अहिले सम्म ६४ दाताले आफ्नो तौल बराबार पैसा दान गरेका छन । महागढीमाई नगरपालिका लगायत अन्य पालिका र अन्य जिल्लाका दाताले तुला दान गरेका छन । तुला दान गर्ने दातालाई माला,गामछा,फुल,रसिद,क्याम्पसको प्रमाण पत्र र बाजागाजाका साथ नगरप्रमुख उपेन्द्र यादवले सम्मान गरेका छन।
नगरप्रमुखका यादवका अनुसार तुलादान बिहान ५ बजे देखि बेलुवा ९ बजे सम्म हुने गरेको छ । श्री गढीमाई बहुमुखी क्याम्पसको लागि दुई बिगाहा जग्गा खरिद र क्याम्पस निर्माणका लागि श्रीमद भगवत सप्ताहबाट करिब ५ करोड भन्दा बढी चन्दा संकलन गर्ने लक्ष्य रहेकोछ ।
क्याम्पसको अभावमा बारा जिल्लाका बिद्यार्थीहरुले उच्च शिक्षाको लागि बिरगंज काठमाडौ,हेटौंडा जनकपुर र भारतको विभिन्न ठाउँमा जाने बाध्य रहेको समस्या बुझेर श्रीमद भगवत सप्ताह कथा गरेका नगरप्रमुख उपेन्द्र यादवले बताए ।


