गुजराको प्रमुख प्रशासकीय अधिकृतको रूपमा उपसचिव महर्जन हाजिर

साझेदारी दैनिक
420 पाठक संख्या

सुभाष कुमार मिश्र/
रौतहट एक पालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृतको ठाउमा उपसचिवको आगमन भएको छ ।जिल्लाको गुजरा नगरपालिकामा हाकिम परिवर्तन गरिएको छ । सो नगरपालिकामा नयाँ हाकिम हाजिर भएका हुन् ।

गुजरा नगरपालिकाले नयाँ कार्यालय प्रमुखमा प्रशासकीय अधिकृतको रूपमा उपसचिव अशोक कुमार महर्जन आएका हुन । सोमबार नगरपालिकाको कार्यालयमा नगरप्रमुख सन्तलाल चौधरी तथा उपप्रमुख रत्न लामासहित वडाध्यक्षहरु र कार्यालयका कर्मचारीहरुको उपस्थितिमा प्रमुख प्रशासकीय अधिकृतको रूपमा (उप–सचिव) महर्जनलाई टीका माला र खादा ओढाएर स्वागत गरि कार्यालयमा हाजिर गराएका हुन् ।

लामो समयदेखि निमित्त प्रमुख प्रशासकीय अधिकृतको कारण नगरपालिकाको कामकाज व्यवस्थित रूपमा संचालन हुन नसकेको ब्यापक जनगुनासो बढेको समयमा उप सचीवको आगमन भएपछि आफू हर्षित भएको मेयर चौधरीले बताए।

नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत महर्जन आएपछि प्रशासनिक कार्यदेखी विकास पुर्वाधार निर्माण कार्य समेत द्रुत गतिमा हुने बिश्वास लिएको उनले बताए ।
यस अघिका कार्यालय प्रमुख बिनोद जयसवालको ठाउँमा महर्जन आएपछि स्थानीय जनतामा कौतुहलता रहे पनि जनताको सेवामा कुनै कमिकमजोरी नहोस भनि नगरवासीले अपेक्षा राखेका छन् ।

Leave a review