मतदाताको खेतबारीसम्म पुग्दै उपेन्द्र यादव

साझेदारी दैनिक
448 पाठक संख्या

देशभर मध्ये तीन जिल्लाको तीन क्षेत्रमा उपनिर्वाचन हुदैछ । संसाद पद खालि भएको स्थानहरुमा बैशाख १० गते उपनिर्वाचन हुदै छ । बारा जिल्लाको २ नम्बर निर्वाचन क्षेत्रमा पनि निर्वाचन हुदै । निर्वाचनको मिति नजिकीएसंग उम्मेदवारहरुले प्रचारप्रसार र घरदैलोलाई तिब्र बनाएका छ ।

उम्मेदवारहरुले आ आप्mनै तरीकाले प्रचारप्रसार गरीरहेका छन । बारा २ को उपनिर्वाचनमा उम्मेदवार बनेका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव पनि उम्मेदवारी दर्ता गराएपछि बारा जिल्लाको २ नम्बर क्षेत्रमै छन ।

यादवको अहिले विहान उठेदेखी बेलुका रातीसम्म मतदातासंग भेटघाट मै व्यस्त छन । यादवसंगै उनका सर्मथक र पार्टीका अन्य नेताहरु सहितको टोली यतिखरे मतदाताको घरघरमा र खेतवारीमा नै पुग्ने गरेका छन ।

मतदातालाई भेटी भोट मागदै उनले र उनका सर्मथकले मधेशी जनताले अपमान एवम् विभेद खेप्नु परेकोले त्यस विरुद्ध भएको आन्दोलनको नेतृत्व गर्ने नेता भएको बताउने गरेका छन । यस्तै मधेशी जनताको वास्तविक माग र मुद्दा उठाउने नेता उपेन्द्र जितेपछि स्वास्थ्य, शिक्षा, सडक, सिंचाई लगायतका क्षेत्रहरुमा परिवर्तन आउने धेरैको भनाई पनि छ ।

Leave a review

This will close in 0 seconds