Sajhedari Daily
Latest News from Nepal

देशभर लकडाउन हटेपनि बाराको देवतालमा कायमै

Top Aside Banner

रबिन्द्र प्रसाद साह/
देशभरमा लागेको लकडाउन साउन ७ गते राति १२ बजेदेखि हटाईएको छ ।गत चैत्र ११ गतेदेखी लगाईएको लकडाउन पुरैदेश भरीको खोलिएपनि बाराको एक गाँउपालिकामा भने लकडाउन कायमै रहेको छ । जिल्लाको देवताल गाउँपालिकामा कडाईका साथ लकडाउन अनिश्चत कालको लागि घोषणा गरिएको छ। दुई दिन अघिमात्र गाउँपालिका एकैपटक धेरै संक्रमित फेला परेपछि स्थानीय प्रशासनले अर्को सुचना नभएसम्म निषेधाज्ञा जारी गरिएको छ ।

देवतालमा जनप्रतिनिधी, स्वास्थ्यकर्मी, कर्मचारी र स्थानीयहरु ग्रि एकैपटक ४६ जनामा कोरोना संक्रमण फेला परेपछि जिल्ला प्रशासन कार्यालय बाराले लकडाउन लगाएको हो ।गाउँपालिकामा साउन ७ गतेदेखी ११ बजे देखि पैदल समेत हिडडुल गर्न समेत रोक लगाईएको छ । सर्वसाधारणहरुमा त्रासको वातावरण सृजना भएको छ। सवै असहज महसुस गरिरहेको स्थानीयहरुले बताएका छन ।

यता कोरोना संक्रमितहरू रहेको ठाँउको पनि विजोग भएको छ। संक्रमितहरूले उचित उपचार नपाई क्वारेन्टाईन वरिपरि घुम्दै र नाच्दै वस्ने गरेका छन । संक्रमितहरुको उचित उपचार नहुदा स्थानीयहरुमा समुदाय स्तरमा संक्रमण फैलिने डरले त्रास फैलिएको छ ।