अनिल कुमार साह
किशुनजी अध्यन केन्द्रका केन्द्रिय सदस्य सगुन कँडेलले बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिस्ठान धरानबाट प्रथम जननिर्वाचित प्रधानमन्त्रीको तस्वीर हटाइएको कार्यको विरोध गर्नु भएको छ । कँडेलले आज एक विज्ञपति जारी गर्दै प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोईरालाको तस्वीर हटाइएकोमा गम्भीर आपती जनाउनु भएको छ ।
कोइरालाकै नामबाट स्थापित प्रतिस्ठानबाट कोइरालाको फोटो हटाएर सरकारले गलत काम गरेको कँडेलले जारी गर्नु भएको विज्ञपति उल्लेख छ । प्रतिस्ठानका उपकुलपतिको निर्देशनमा कोइरालाको तस्वीर हटाइएको आरोप लगाउँदै कँडेलले तत्काल तस्वीर राख्न मांग गर्नु भएको छ।