बारा जिल्लाका सामुदायिक तथा संस्थागत विद्यालयहरूले आँखा पाक्ने समस्या देखिएपछि स्वास्थ्य शिविर सञ्चालन गरेका छन् ।
विद्यार्थीहरूमा आँखा पोल्ने,दुख्ने,चिलाउने र रातो भएर पाक्ने समस्या देखिएपछि विद्यालयहरूले स्वास्थ्य शिविर सञ्चालन गरेका हुन् ।अभियान डिजिटल वर्ल्ड प्र.लि.को आर्थिक सहयोगमा वीरगञ्ज आँखा अस्पतालले जीतपुर सिमराका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा आँखा शिविर सञ्चालन गरेको छ ।
जीतपुरसिमरा उपमहानगर स्वास्थ्य शाखाका प्रमुख रवि भाष्करले स्वास्थ्य चौकीहरूमा भने दैनिक २० देखि २५ जना आँखा पाक्ने समस्या लिएर आउने गरेको बताउछन ।

