भोटेकोसी बाढीः २६ प्रहरी सम्पर्कविहीन

रासस
19 पाठक संख्या

काठमाडौँ । रसुवास्थित भोटेकोसी नदीमा आज आकस्मिकरुपमा आएको बाढीमा परी २६ जना प्रहरी सम्पर्कविहीन भएका छन् ।

केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार रसुवाको टिमुरे, स्याफ्रुबेँसी, सिम्ले र मैलुङमा रहेका युनिटमका ती प्रहरी सम्पर्कविहीन भएका हुन् ।

बाढीपछिको खोज तथा उद्धारको क्रममा नुवाकोट र धादिङमा आठ जनाको शव फेला परेको छ । बाढीले भोटेकोसीको तटीय क्षेत्रका बस्ती, पुललगायत सडक पूर्वाधारमा ठूलो क्षति पुगेको छ । क्षतिको विवरण सङ्कलन गर्ने प्रयास भइरहेको छ ।

Leave a review