जन्मदिनको अवसरमा युवा नेता साहदारा बिद्यार्थीहरुलाई शैक्षिक सामग्री बितरण

रञ्जन यादव
523 पाठक संख्या

रञ्जन यादब/

नेकपा माओवादी केन्द्रका कलैया उपमहानगर अध्यक्ष मुकेश साहले आफनो जन्मदिनको अवसरमा शैक्षिक सामग्री बितरण गरेर मनाएका छन् ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१६ स्थित शान्ति अधारभुत बिद्यालय टाँगिया बस्तीका २ सय जना बिद्यार्थीहरुलाई कापी,कलम,पेन्सिल लगायतका शैक्षिक सामग्री बितरण गरेका हुन् ।

बिद्यालयमा आएर शैक्षिक सामग्री बितरण गरेकोमा बिद्यालयले धन्यबाद ज्ञापन गरेको थियो । जन्मदिनमा गरिने फजुल खर्चलाई कटाएर शैक्षिक साम्रगी बितरण गरिएको माओवादी केन्द्रको कलैया उपमहानगर अध्यक्ष साहले जानकारी दिए ।

बिद्यार्थीहरुको पठन पाठनमा केहि हदसम्म भएपनि सहज होस र बिद्यार्थीको मनोबल पनि बढोस् भन्ने उदेश्यका साथ आफुले शैक्षिक सामग्री बितरण गरेको बताउँनुभयो ।

शैक्षिक समग्री बितरण गरेपछि बिद्यार्थीहरु खुसि भएका थिए।

Leave a review

This will close in 0 seconds