पर्सा प्रहरीले वीरगञ्जको रजतजयन्ती चोकबाट लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीले वीरगञ्ज १६ रजतजयन्ती चोकमा चेकजाँचको क्रममा मंगलवार मकवानपुर मनहरी गाउँपालिका–६ बस्ने वर्ष ४० को कृष्ण बहादुर राईलाई लागुऔषधसहित पक्राउ गरेको हो ।
उनको साथमा रहेको झोलाभित्रबाट प्रतिबन्धित लागु औषध नाईट्राभेट ३५ पत्तामा ५२५ ट्याब्लेट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरीले प्रबक्ता डिएसपी कुमार बिक्रम थापाले जानकारी दिए ।
पक्राउ परेका राईलाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भईरहेको डिएसपी थापाले बताए ।

