जीतपुरमा सुबिधा सम्पन्न प्राईम पार्टी प्यालेसको उद्घाटन

साझेदारी दैनिक
584 पाठक संख्या

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा सुबिधा सम्पन्न प्राईम पार्टी प्यालेसको उद्घाटन भएको छ ।

पार्टी प्यालेसको उद्घाटन जीतपुरसिमरा उपमहानगरपालिकाको नगरप्रमुख राजन पौडेलले गर्नु भएको थियो । उद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख पौडेलले जीतपुरसिमरा उपमहानगर क्षेत्रमा ब्यवसायहरु थप्दै जानुले ब्यवसायीहरुलाई ब्यवसाय गर्ने अनुकुल बाताबरण बन्दै गएको सङ्केत देखाएको बताएका छन ।

ब्यवसायमुखी बाताबरण बनाउँन उपमहानगरपालिका सधैँ ब्यवसायीहरुको साथमा रहेको तर्क गर्नुभयो । आर्थिकमन्दीको समयमा पनि जीतपुरसिमरा उपमहानगरपालिकाको आन्तरिक आय बढ्नु खुसी कुरा भएको बताए । यो सबैको साथ र सहयोगले यो उपलब्धि प्राप्त भएको बताए ।

बजेट बनाउँन पुर्बबजेटमा राख्नुपर्ने बुँदाहरु सल्लाह दिन र बनाईएको बजेट सहि रुपले सदुपयोग भयो कि भएन् भनेर खबरदारी गर्न अनुरोध गर्नुभयो ।

पार्टी प्यालेसको सञ्चालन स्व.रामनिवास गुप्ताको श्रीमती प्रबोधन गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा जीतपुरसिमरा नगर उद्योग बाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछाने, निबर्तमान अध्यक्ष संजय साह,बरिष्ठ समाजसेवी कृष्णब्रत सिँह ,नगर उद्योग बाणिज्य संघका महासचिव प्रकाश गिरी, निबर्तमान महासचिव शिवजी साह सोनार,समाजसेवी तथा रेडियो आकाशबाणीका अध्यक्ष राजुराज गिरी,नगर उद्योग बाणिज्य संघका सचिव मुकेश साह,प्रदेशसभा सदस्यका प्रत्यसी सन्तोष कुश्वाहा लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रमको संयोजन प्राईम पार्टी प्यालेस सञ्चालक परिवारका सदस्य तथा समाज सेवी ओमप्रकाश गुप्ताले गर्नुभएको थियो । जीतपुर स्थित बन्द भएको हललाई पार्टी प्यालेसमा रुपान्तरण गरिएको हो ।

Leave a review