पञ्चवर्षीय श्री कॉटवासीमाई मेला समितिको अध्यक्षमा सिंह चयन

संदिप प्रसाद यादव
601 पाठक संख्या

कॉटवासीमाई मेलाको तयारीमा महागढीमाई नगरपालिका जुटेको छ ।

पञ्चवर्षीय श्री कॉटवासीमाई मूल मेला समितिको अध्यक्षमा महागढीमाई नगरपालिका वार्ड नम्बर ७ का वार्ड अध्यक्ष शिवेन्द्रप्रताप सिंह सर्वसम्मत चयन भएका छन् ।

बाराको महागढीमाई नगरपालिकाको प्राङ्गणमा सोमबार महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्रप्रसाद यादवको अध्यक्षतामा बसेको बैठकले मूल मेला समितिको अध्यक्षमा सिंहलाई सर्वसम्मतले चयन गरेको हो ।

सिंहको अध्यक्षतामा ६३ सदस्यीय मेला समिति गठन भएको छ । उपाध्यक्षमा जगरनाथ पण्डित र राजदेवप्रसाद यादव सर्वसम्मत चयन भएका छन् ।

यस्तै सचिवमा संजयप्रसाद यादव,सह–सचिवमा किशुनदेव प्रसाद यादव तथा कोषाध्यक्षमा राजपती देवी पनि सर्वसम्मत चयन भएका छन् ।

सो मेला समितिका सदस्यहरुमा राजिन्द्र यादव,लोकेश यादव, रामबालकप्रसाद यादव,जियालाल पण्डित,रामाधार प्रसाद यादव, शिवपुजनप्रसाद यादव,अखिलेश पण्डित,जवाहिरप्रसाद यादव, अजयप्रसाद यादव,सुरेन्द्रप्रसाद यादव,रन्जित प्रसाद यादव,काशी पन्डित,महेन्द्र प्रसाद यादव,रमेश कुमार यादव,सिकिन्द्र प्रसाद यादव,धुपलाल प्रसाद यादव,बृजकिशोर प्रसाद यादव,विपिन प्रसाद यादव,जुगुल प्रसाद यादव,पन्नालाल प्रसाद यादव,चन्देश्वर प्रसाद यादव,विगु प्रसाद यादव,ओमबाबू प्रसाद यादव,वन्का पन्डित,गोपाल प्रसाद यादव,रामबाबु प्रसाद यादव,राजिन्द्र प्रसाद यादव,हरेराम साह सोनार,हदय राउत अहिर,मुन्नालाल प्रसाद यादव,धर्मेन्द्र प्रसाद यादव,लालवचन प्रसाद यादव,लौकेश प्रसाद यादव,शिवदर्शन पन्डित,मनोहर साह,मिश्रीलाल सहनी,गजान्द्र प्रसाद यादव,केदार प्रसाद यादव,राकेश साह कलवार,बच्छेलाल प्रसाद यादव,छोटेलाल साह कलवार,रामस्वरुप प्रसाद यादव,कन्हैयालाल साह,आसमन साह,प्रमोद प्रसाद साह,कृष्ण पन्डित,रामअसिस महतो,हरिन्द्र प्रसाद यादव,गोपाल प्रसाद यादव,अशोक यादव,सबानन्द प्रसाद यादव,राममन्जु यादव,जयसिलाल प्रसाद यादव,लालबिहारी प्रसाद यादव,जवाहिर प्रसाद यादव,कान्ति सहनी र प्रभु यादव पनि सर्वसम्मत चयन भएका छन् ।

उक्त बैठकमा श्री कॉटवासीमाई पञ्चवर्षिय पूजा एवं मेला उप समिति गठन सम्बन्धमा,श्री कांटवासीमाई पञ्चवर्षिय पूजा एवं मेला मुल समितिको बैंक खाता संचालन सम्बन्धमा र श्री काँटवासीमाई पञ्चवर्षिय पूजा एवं मेलाको आर्थिक कारोबार तथा खर्च भुक्तानी गर्ने सम्बन्धमा निर्णय गरेको छ ।

यहि मंसिर २७ गतेदेखि सो मेला लाग्ने भएको छ । २७ गते कलश यात्रा र पौष ३ गते बलि दिइनेछ। गढीमाई मेला पछि कॉटवासीमाईको मेला बाराको दोस्रो ठूलो पञ्चवर्षीय बलि मेला हो । यो बाराको महागढीमाई नगरपालिका वडा नं ७ तेलगाई अवस्थित छ ।कटवासीमाई मेलाको एक वर्ष पछि विश्व प्रसिद्ध महागढीमाईमा पञ्चवर्षीय बलि मेला लाग्ने चलन रहेको छ ।

Leave a review

This will close in 0 seconds