साझेदारीको १० वर्षे कार्य योजना निर्माणका लागि सुझाव संकलन

संदिप प्रसाद यादव
686 पाठक संख्या

डुमरवानामा साझेदारी वनको १० वर्षे कार्य योजना निर्माणका लागि सुझाव संकलन कार्यक्रम सम्पन्न भएको छ ।

हलखोरिया साझेदारी वन उपभोक्ता समुह डुमरवानाको आयोजनामा साझेदारी वनको १० वर्ष कार्य योजना निर्माणका लागि सुझाव संकलन आइतबार एक कार्यक्रमका बीच सम्पन्न भएको हो ।

हलखोरिया साझेदारीका सस्थापक अध्यक्षको प्रमुख आतिथ्यमा बाताबरण बिज्ञं भोला भट्टराई को बिशेष उपस्थिति र अन्य साझेदारीका पूर्ब अध्यक्ष राज कुमार अर्याल,उपाध्यक्ष मुस्लिम अन्सारी,साझेदारी महासंघ सल्लाहकार रुपलाल चौधरी,जतपुर सिमरा १८ का वडा अध्यक्ष चतुरबाबु वाग्ले लगायत अन्य बन प्रतिनिधिहरुसंग १० बर्षे कार्य योजना निर्माण् को लागी सुझाव माग गरेको छ ।

डुमरवाना कलेजमा सम्पन्न उक्त कार्यक्रममा बाताबरण बिज्ञं भोला भट्टराईले सामाजिक,आर्थिक र बाताबरणीय पक्षलाई समेट्न र परम्परागत उपभोक्ताको अधिकारमा जोड दिने गरि कार्य योजना निर्माण गर्न सुझाब दिनुभयो।

कार्यक्रममा राधेश्याम शिवाकोटीले साझेदारीका पहिलाको भोगाई बारे जानकारी दिदै समूदायसंग जोड्न आग्रह गर्नु भयो ।

वन समितिले अर्को सुझाव संकलन यहि वैशाख २२ गते पून कलैयामा गरिने हलखोरिया साझेदारी वन उपभोक्ता समुह डुमरवानाका अध्यक्ष विकल्प भट्टराईले जानकरी दिए ।

Leave a review