नगर उपप्रमुखद्वारा खुल्ला नक आउट फुटबल प्रतियोगिताको उद्घाटन

साझेदारी दैनिक
694 पाठक संख्या

जितेन्द्र चौधरी/

श्री सहारा युवा क्लब कोल्हवी नगरपालिका– १ पिपरियाद्वारा संचालित खुल्ला नकआउट फुटबल प्रतियोगिताको एक समारोह बिच उद्घाटन गरिएको छ ।

केल्हवी नगरपालिकाकी उपप्रमुख लक्ष्मी चौधरीले रिबन काटेर तथा रेफ्रिलाई बल हस्तान्तरण गरेर सो प्रतियोगिताको उद्घाटन गरिएको हो ।

क्लबका अध्यक्ष बिजय चौधरीको सभापतित्वमा सो कार्यक्रम भएको हो । प्रमुख अतिथि उपप्रमुख चौधरीले आजभोलिका युवाहरु लागु पदार्थको कुलतमा फसेको देख्दा दुख लागेको बताइन् । उनले सम्पूर्ण युवाहरुलाइ खेलकुदमा आवद्ध भइ आफ्नो गाउ,आफ्नो पालिका र राष्ट्रलाइ बिश्व सामु चिनाउन सल्लाह दिइन् ।

सो कार्यक्रममा किशोरी प्रसाद चौधरी,वडा नम्बर १ का वडा अध्यक्ष राजहरन चौधरी,२ का अध्यक्ष गोपाल अधिकारी लगायतकाले सम्बोधन गर्दै प्रतियोििगताको सफलताको शुभकामना दिएका थिए ।

चोचा रौतहट र अडेम्बाको बिच भएको उद्घाटन खेलमा निर्धारित समयमा कुनै पनि टिमले गोल गर्न नसक्दा खेल ट्राइ ब्रेकरमा धकेलिएको थियो ।

ट्राइ ब्रेकरमामा चोचा रौतहट टिमले ३ को विरुद्ध ४ गलले अरेम्बा टिमलाइ हराएको हो ।

पहिलो दिनको खेलको रेफ्रीको भुमिका जय चन्द्र चौधरी,लाइन्स मैनमा श्याम चौधरी र राहुल चौधरीले गरेका थिए । प्रतियोगिता अन्तर्गत शुक्रवारको पहिलो चरनको खेल मठवा र दुवरवाना र दोस्रो चरनको खेल कुमरगढि र रमपुर्वाको बिच प्रतिस्पर्धा हुने आयोजक क्लबले जानकारी दिएको छ ।
प्रतियोगिताको बिजेता टिमले २५ हजार र उपबिजेता टिमले नगद १५हजार प्राप्त गर्ने छ।

उक्त कार्यक्रमको विशिष्ट अतिथि नागरिक उन्मुक्ति पार्टीका कोल्हवी नगर कमिटीका अध्यक्ष जयप्रकाश चौधरी,२ का वडा सदस्य सल्मा भुजेल,सशस्त्र बेश कोल्हवीका प्रमुख उमेश पौडेल,समाज सेवि दिप लक्ष्मी खरेल,शान्ति बृद्धा फाउन्डेसन कोल्हवीका अध्यक्ष प्रेम नारायण चौधरी,धर्म गुरु निरज थापा र अतिथिमा लोकनाथ चौधरी,जन शक्ति क्लब कोल्हवीका अध्यक्ष खुशि चौधरी,दुर्योधन चौधरी,साना किसान कोल्हवीका प्रमुख पुष्पराज चौधरी,समाज सेवि श्याम लामा,जगदेव चौधरी,लक्ष्मी चौधरी लगायतका उपस्थिति रहेको थियो।

सो कार्यक्रममा स्वागत किशोरी चौधरीकोे थियो भने कार्यक्रम संचालन संजय चौधरीले गरेका थिए ।

Leave a review