पेट्रोलियम पदार्थको मूल्य बढ्यो

रासस
261 पाठक संख्या

काठमाडौँ,२९ असोज : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगम सञ्चालक समितिको बैठकले आज रातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर रु एक,डिजेल र मट्टितेलमा प्रतिलिटर रु चार वृद्धि गरेको हो ।

मूल्य समायोजनसँगै पेट्रोलको मूल्य पहिलो वर्गमा प्रतिलिटर रु एक सय ५६.५०, दोस्रो वर्गमा रु एक सय ५८ र तेस्रो वर्गमा रु एक सय ५९ तथा डिजेल र मट्टितेल पहिलो वर्गमा रु एक सय ४८.५०,दोस्रो वर्गमा रु एक सय ५० र तेस्रो वर्गमा रु एक सय ५१ कामय भएको छ ।

निगमले पहिलो वर्गअन्तर्गत चारआली,विराटनगर,जनकपुर,अमलेखगञ्ज,भलवासी,नेपालगञ्ज,धनगढी र वीरगञ्ज,दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङ तथा तेस्रो वर्गअन्तर्गत काठमाडौँ,पोखरा र दिपायलस्थित डिपोलाई वर्गीकरण गरेको छ ।

Leave a review