नेपाल विद्यार्थी संघ बाराले ६५ सदस्यीय कार्य समिति विस्तार गरेको छ।
बुधबार नेपाल विद्यार्थी संघ बाराका अध्यक्ष समीर चौधरीले एक विज्ञप्ति जारी गर्दै ६५ सदस्यीय कार्य समिति विस्तार गरिएको हो ।
“नेपाल विधार्थी संघको विधान २०२७ को सातौ संशोधन २०७५ बमोजिम नेपाल विधार्थी संघ बारा जिल्ला कार्यसमिति विस्तार गरिएको छ। साथिहरुले नेपाल बिधार्थी संघको विधि, विधान र मर्यादा भित्र रहेर संघलाई गतिशिल बनाउनु हुनेछ भन्ने पूर्ण विश्वास लिएको छु“ । उक्त विज्ञप्तिमा उल्लेख गरिएको छ ।
जस्को उपाध्यक्षमा महान गिरि,अनिल खनाल र बलराम दास बानिया रहनु भएको छ। त्यस्तै सचिवमा सैफ अन्सारी,पवन कुशवाहा तथा सह– सचिवमा मनिष चौधरी,अभिषेक दुवे र दिलिप यादव रहनु भएको छ ।

त्यस्तै नेपाल विद्यार्थी संघ बाराका कोषाध्यक्षमा रन्जु साह रहेकी छन । त्यस्तै सदस्यमा जुहि मेहता,आस्मा चौधरी,यद्दु चौधरी,नारायण रिमाल,राकेश पटेल,अभिरन्जन यादव,सुनिल अन्सारी,राजु चौधरी,प्रभात चौधरी,राजु चौधरी,रेशम खांड ठकुरी,भाग्यनारायण यादव,असर्फी साह,अवधेश रावत,दिलेन्द्र चौधरी,नितेश प्रसाद यादव,श्याम बाबु पासवान,देव चौधरी,जयप्रकाश साह,अरविन्द यादव,राजन चौधरी,श्याम बाबु साह,सुशिल चौधरी,जयप्रकाश साह लगायतका ररहेका छन ।
नेपाल विद्यार्थी संघ बाराका अध्यक्ष चौधरीले जिल्लामा विधार्थी संघलाई थप उचाई प्राप्त हुने विश्वास लिदै सम्पूर्ण पदाधिकारी,सदस्यहरुमा हार्दिक बधाई सहित सफल कार्यकालको शुभकामना समेत दिएका छन् ।
उक्त विज्ञप्तिमा नेपाल विद्यार्थी संघ केन्द्रीय कार्यालय, काठमाण्डौ र नेपाली कांग्रेस जिल्ला कार्य समिति बारालाई बोधार्थ गरिएको छ ।

