पर्सा प्रहरीले बिल बिजक भन्दा बढी एक करोड भन्दा बढी सामान सहित तीन वटा ट्रक नियन्त्रणमा लिएको छ ।
औषधि तथा खुद्रा समानहरू लोड रहेको तीन वटा ट्रक नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
बिल विजक भन्दा बढी औषधि तथा खुद्रा सामानहरू बोकेको ट्रक वीरगञ्जबाट कैलाली,सुनसरी तथा काठमाण्डौ जाँदै गरेको सूचनाको आधारमा प्रहरीले नियन्त्रणमा लिएको हो ।
उसले वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ प्रतिमा चोक ८ घण्टाघर र १४ गण्डक चोकस्थित सडकखण्डमा चेकजाँच गरेको थियो ।चेकजाँचको क्रममा ना.४ ख ८३१८,ना.३ ख ४१४१ र एनएल ०१ १८८६ नम्बरको मालवाहक ट्रकमा लोड रहेको औषधि तथा खुद्रा सामानहरुको बिल बिजक शँकास्पद पाइएको प्रहरीको दाबी छ ।
उक्त ट्रकहरुमा लोड रहेको एक करोड ८९ लाख ९७ हजार दुई सय ८७ रुपैयाँ बराबरको औषधि तथा सामानलाई नियन्त्रणमा लिएको हो ।
ट्रक सहित आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको पर्साका प्रहरी प्रबक्ता एवम् प्रहरी नायब उपरीषक कुमारबिक्रम थापाले साझेदारी दैनिकलाई जानकारी दिए ।

