बारा प्रहरीले बुधबार १८ लाख ३५ हजार एक सय २० रुपैयाँ बराबरको सर सामान सहित एक पिक अप भ्यानलाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक बिरेन्द्रराज गुरुङ्गले यसबारे एक विज्ञप्ति जारी गर्दै जानकारी दिएका हुन् ।
ईलाका प्रहरी कार्यालय अमलेखगञ्जको प्रहरी टोलीले जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २१ अमलेखगञ्जबाट पिकअप भ्यान नियन्त्रणमा लिएको हो ।
काठमाण्डौंबाट वीरगञ्जतर्पm जाँदै गरेको प्र ३–०१–०२२ च ०५८५ नम्बरको पिक अप भ्यान जाँच गरिएको हो । भ्यान जाँच गर्दा अनलाइन विल नभएको सामानको श्रोत खुलाउन नसकेको स्टेशनरीको सामान नियन्त्रणमा लिइएको हो ।
सो सामानलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा पिक अप भ्यान सहित पठाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।


