ओली सरकारको राजनिती–कुटनिती ओरालो यात्रामा

साझेदारी दैनिक
साझेदारी दैनिक 532 पाठक संख्या
4 मिनेट पढ्न लाग्ने समय

– सुदर्शनराज पाण्डे

समय र परिस्थितिले साथ न दिएपछी कसको के लाग्दो रहेछ? बर्तमान ओली नेतृत्वको दुई तिहाइ बहुमतको कथित बामपन्थी सरकार असफल हुँदै गएको हो कि संसदीय व्यवस्था र नक्कली कम्युनिष्ट पार्टी असफल भएको हो यो छुट्टाउने काम मतदाताहरुको हो। देश काल परिस्थिति नेपाली हाव,पानी, माटो सुहाउदो ओली नेतृत्वको सरकार किन हुन सकेन भनेर विभिन्न व्यक्तिहरुले निरन्तर रुपमा विभिन्न दृष्टिकोण मार्फत सन्चार माध्यमहरुमा विश्लेषण, टीका टिप्पणी र आलोचना गर्दै आइरहेका छन । सडकबाट पनि विभिन्न समुहको जनताहरुले बिरोध गरिरहेका छन। गाईजात्राको उपलक्ष्यमा आयोजित कार्यक्रममा कलाकारहरुले गरेको व्यंग्य पुर्ण र आलोचनात्मक प्रस्थुती सामाजिक सञ्जालमा हेर्दा प्रम ओलीलाई लाज नलागे पनि ओलीको चरीत्र र व्यवहारलाई हेरेर गरिएको यथार्थ परक व्यङगले जनताहरु नै लज्जित भएका छ्न । यसबाट के प्रष्ट हुन्छ भने ओली लाज र घिन पचेको ब्यक्ती हुन । भनिन्छ, जनतामा लाज न भएको जनताको डर नरहेको राजनैतिक नेतृत्व निकम्बा र मूर्ख साबित हुन्छ । प्रम ओलीले दिएको मार्ग निर्देशन, भाषण, अघि सारेको कार्ययोजना, अभ्यास, नीति, कार्यक्रम सबै नकाम देखिएका छ्न । सुखी नेपाली समृद्ध नेपाल, भ्रष्टचार मुक्क्त नेपाल, पर्यटन बर्ष नेपाल जास्ता ओलीले दिएका नारा सबै पानीको फोका साबित भएका छन। उनी बोल्छन एउटा कुरा, हुन जान्छ अर्को कुरा यो ओलीको नियती र तक्दिरले गर्दा हो कसैलाई दोष दिएर हुदैन । ओलीको कर्म र भाग्यनै खोटो भएका कारण पार्टीमा अन्तरकलह उत्पन्न भयो, पार्टी नेता र कार्यकर्ताहरुले हुर्मत लिदा पनि अचेत अवस्थाको मान्छे झै उनको अभिनय देखियो। कोरोना संक्रमणको महामारी रोकथामका लागि गरिएको बन्दा बन्दिले सिङ्गो देशका संम्पुर्ण नेपालीले पाउनु संम्मको दख सास्थी पाउँदा पनि ओली सरकारले कुनै पनि क्षेत्रमा विबेक पुर्ण र सकारात्मक निर्णय गरेर अक्रान्त भएका जनताहरुलाई आश्वस्त पार्न सकेन।

तानाशाह बन्ने तानाशाही लाद्ने अवसर भने कोरोनाको नाउमा गरिएको बन्दा बन्दी र कर्फु अनि निषेधाज्ञाले दिएको छ। ओली सरकारले राम्रो काम गरेको छ भनेर धन्यवाद र स्वागत त्यस्तो कुनै ठाउँ नै छैन। उखाने ओस्ताज भन्दा अतिउक्त्ती नहुने ओलीको चरीत्र, व्यवहार, बोली नैतिकता र कार्यदिशा सबै अनौठो एबं आश्चर्य लाग्दै गहिरहेको छ। ओलीको कुटनिती र राजनितीक असफलताले राष्ट्र नै असफल बन्दै छ। तर प्रम ओलीलाई कुनै प्रवाहा छैन, उनको एउटै व्यक्तिगत योजना प्रम पद बढी अवधी टिकाउने नै रहेको देखिन्छ । ओली–नेपाली जनताको बिचमा धन बिनाको मन ठूलो कि मन बिनाको धन ठूलो भन्ने गित जस्तो देखिएका छ्न।

कोरोना माहामारी रोगथाममा ओली सरकार असफल भयो भनी विपक्षी पार्टी नेपाली काङ्ग्रेसले खेदो गरि रहेको बेलामा उनकै पार्टीका नेताहरु नै प्रम पदको गरिमा काम, कर्तव्य र बोलिबाट वाक्क, दिक्क भएर थुक्क गर्दै छिटो प्रम पदबाट हुत्याउने तयारीमा छन। तैपनी ओली बिदेशी प्रभुहरुको आशिर्वादबाट लिसो झै बनेर निरलज्ज तरिकाले कुर्सिमा टासिएका छन।

नेपालको इतिहासमा ओली जस्ता अवमुलित कुपात्र प्रम भएका नै छैनन। ओलिकै कारण देशको परिस्थिति प्रकृतिक, प्राबिधिक, कुटनिती–राजनिती सबै तरहले दिन पर दिन नाजुक बन्दै छ। देश र जनताले ऐतिहासिक दुख,सास्थी र ग्लानी भोनुपर्ने दिनहरु नजिकिदै छ। ओलीले संसदीय तनाशा बनेर गैर प्रजातान्त्रिक तरिकाले बिद्रोही नेकपामाथी प्रतिबन्ध लगाई नेता तथा कार्यकर्ता निरन्तर रुपमा गिरफ्तार गरि लामो समयसम्म थुनामा राखेर यातना दिने कोरोना महामारीको संक्रमण भन्दा खतराको चाला देखाएको छन। नेपाल यतिखेर बिदेशी ऋृण र बैदेशिक चलखेलबाट थिचिएको छ। नेपाली जनताहरु निसास्सिएको अवस्थामा पुग्दै छन। ओली शासन सत्तामा रहेसंम्म कोरोनाको महामारी भन्दा बढी दुख जनताले व्यस्थापनका नाममा गरिएका गलत निर्णय र अभ्यास, हचुवा नीतिको कार्यान्वयनका कारण रोग, भोग र शोक एकैसाथ व्यहोर्न विवस छ्न, नेपाली जनता। ओलीको टिम नीतिगत भ्रष्टचार लिप्त देखिएको छ। ओलीबाट देशामा शान्ति व्यस्थाको कायम हुन जाने कुनै संकेत र लक्षण छैन।

समाचार शेयर गर्नुहोस
Leave a review