आज मुलुकमा बन्दाबन्दीको ४९ औ दिन हुदा कोभिड–१९ करोना भाईरस विरुद्ध आम मुलुकवासी घर, भित्रै छन । आफ्नो ज्यान जोखिममा राखेर आफ्नो खबर कर्मलाई जनता सामु पु¥याउने आफ्नो खबर कर्मलाई अगाडी बढाउँदै गर्दा गए राती बारा जिल्लामा एक जना पत्रकार माथी सांघातीक आक्रमण भएको छ ।
आक्रमणका कारण पत्रकारलाई गम्भीर चोट लागेको र ल्यापटप, क्यामरा, मोबाईलमा समेत क्षति पुगेको छ । समाजमा भएको विकृती र विसंगती अनि राज्य पक्षबाट हुने भ्रष्टाचार जन्य क्रियाकलापलाई जनता सामु जस्ताका तस्तै पस्कीने पत्रकारलाई पटक पटक यस्ता खालका आक्रमण, धम्की, डर, भय सृजना हुनु भनेको कानुनी राज्यमा स्वतन्त्र भएर खरबकर्मी रहन नसक्ने अवस्था रहेको बुझिन्छ ।
यता राज्य पक्षबाट पनि पत्रकारलाई विभिन्न बहानामा गिरफ्तार गर्ने, मुद्दा चलाउने र स्वतन्त्र भएर लेख्ने र प्रशारण गर्ने रहज स्थिती नरहेको देखिन्छ । बन्दाबन्दीको समयमा मात्रै बारामा एक जना पत्रकारलाई लेखेकै भरमा गिरफ्तार गरी मुद्दा चलाइएको छ भने हिजो मात्रै पर्सा जिल्लाको एक जना रेडीयोकर्मी सामान्य अवस्थामा नै प्रहरीद्वारा गिरफ्तार गरीएको छ ।
राज्य निकाय भन्दा बाहिरका अपराधीले उनीहरुले गरेका अपराधको फोहर बाहिर ल्याउने पत्रकारले खेलेको सूचनाको कर्मलाई इगो बनाई ती समुहहरुले आक्रमण धाकधम्की दिने गरेको, राज्य निकाय भित्रैै भएका सरकारी काममा भएको ढिला सुस्ती, भ्रष्ट्राचार, अपारदरर्शीतालाई जनता सामु छरलङ्गयाउदै गर्दा उनीहरुको मान मर्दन हुने सम्झी प्रशासनको आडमा प्रहरी लगाएर राज्य स्तरबाटै पत्रकार माथी पक्राउ गर्ने र मुद्दा चलाउने जस्ता गैर न्यायिक काम हुदैछ ।
यस विषयमा पत्रकारको राष्ट्रिय छाता संगठन पत्रकार महासंघले विशेष ध्यान दिई यस्ता कुतत्व विरुद्ध आन्दोलन गर्नु पर्ने देखिन्छ नत्र कुनै पनि पत्रकार सुरक्षीत हुदैनन् ।