निजगढका ८ संघसंस्थालाई बक्यौता विद्युत महशुल तिर्न अल्टिमेटम

साझेदारी दैनिक
379 पाठक संख्या

निजगढका ८ वटा संघसंस्थालाई नेपाल विद्युत प्राधिकरण सिमरा वितरण केन्द्रले बक्यौता महशुल रकम भुक्तानी नगरे बिधुत सप्लाई बन्द चेतावनी दिएको छ ।

वितरण केन्द्र सिमराले ती संघसंस्थाहरुलाई विहीवार पत्र पठाउदै तत्काल बक्यौता रकम नतिरे बिद्युत लाईन काटिदिने चेतावनी दिएको हो ।

निजगढका सामुदायिक प्रसुती गृह, जनस्वास्थ्य कार्यालय निजगढ, भरतगंज सडक बत्ती, रतनपुरी सडक बत्ती, रतनपुरी हेल्थ पोष्ट, ईलाका वन कार्यालय निजगढ, दुग्ध उत्पादक सहकारी संस्था निजगढ र प्राथमिक स्वास्थ्य चौकी निजगढलाई यही फागुन ३ गते सम्मको प्राधिकरणलाई तिर्न बाँकी बक्यौता रकम तत्काल भुक्तानी गर्न पत्र पठाएको छ ।

सिमरा वितरण केन्द्रका अनुसार यी ८ वटा संस्था मध्ये सवैभन्दा बढि निजगढ–९ मा संचालित सामुदायिक प्रसुती गृहको देखिएको छ । प्रसुती गृहको १६ लाख ८० हजार २ सय ९६ रुपैयाँ २८ पैसा बक्यौता रहेको छ ।

यस्तै अन्यहरुमा भने जनस्वास्थ्य कार्यालय निजगढ प्राथमिक स्वास्थ्य केन्द्रकोे १३ लाख २२ हजार १७९, भरतगंज सडक बत्तीकोे ६ लाख ६७ हजार ५४० रुपैयाँ, रतनपुरी सडक बत्तीकोे ४ लाख ६८ हजार २१६ रुपैयाँ, रतनपुरी हेल्थपोष्टकोे १ लाख ४० हजार ३५० रुपैयाँ बिद्युत महशुल बाँकी देखिएको छ ।

यसैगरी ईलाका वन कार्यालयको १४ हजार ७६८ रुपैयाँ, दुग्ध उत्पादक सहकारी संस्थाको १४ हजार ४६१ रुपैयाँ र उपस्वास्थ्य चौकीको ७ हजार ३६१ रुपैयाँ बाँकी रहेको छ ।

यी ८ वटा संघसंस्थाको कुल ४३ लाख १५ हजार १७३ रुपैयाँ १५ पैसा बिद्युत महशुल बक्यौता रकम तिर्न बाँकी रहेको वितरण केन्द्र प्रमुख रुमेश रुपाखेतिद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ । पत्र पठाएको २ महिना भित्र कार्यालयहरुले बक्यौता महसुल रकम नतिरे विद्युत सप्लाई बन्द गरिदिने वितरण केन्द्र प्रमुख रुपाखेतिले बताएका छन ।

Leave a review