पिडितको घाउमा मलमपट्टी लगाउदै ईस्लामिक रिलिफ आगलागी पिडीत कोरैसी खातुनलाई खाद्यान्न सहयोग

साझेदारी दैनिक
515 पाठक संख्या

बाराको सुवर्ण गाउँपालिका वडा नं.६ मुसहर्नाकी कोरैसी खातुनको घरमा आईतबार विहान करिब १० बजे अचानक आगलागी भयो । आगोले अन्न, लत्ताकपडा र नगद दश हजार रुपैयाँ र मोबाइल समेत जलेर नष्ट भयो ।

कोरैसाको काखमा तीन महिनाको दुधे बालक छ । एउटा ३ र अर्को ५ बर्षका गरी अन्य दुई छोरापनी छन् । उनका पती भारतमा कमाउन भनी गएका चार महिना देखी सम्पर्कमा छैनन् । उनी छोराहरु सहित सासु ससुरासँगै बस्दै आएकीछन् ।

आईतबार मुस्लिम समुदायले मनाउने सोवरात पर्व पनि हो । आजको दिन विभिन्न परिकार बनाएर रातिमा पितृहरुको सम्झना गर्दै जाग्राम बसि भोली दिनभर रोजा बस्नुपर्ने

तर आगलागीले यो परिवारमा अकल्पनीय क्षेती पुर्यायो । आगलागीबाट मानविय क्षेती त भएन ।

तर फुसको घर सहित खाध्यान्न लत्ताकपडा सबै जलेर नष्ट भएपछि उनको ६ जनाको परिवारको विचल्ली भयो । पर्वका दिन सुत्केरी सहित बालकहरु भोकै बस्नु पर्ने अवस्था बन्यो ।

यसरी पर्वका दिन विचल्लीमा परेको कोरैसीको परिवारलाई खाद्यान्न सहयोग हस्तान्तरण गर्दै जेजेवाइसिका उपाध्यक्ष राजदेव साहले समुदायलाई पनि कोेरैसीको परिवारको सहयोगि बन्न आग्रह गरे ।

उनले आगलागीमा परि नष्ट भएको उनको घर निर्माणका लागि स्थानिय पालिका मार्फत केन्द्र सरकारले प्रदान गर्ने २ लाख रुपैंयाको सहयोग उपलब्धताका लागि समेत पहल गर्ने बताए ।

ईस्लामिक रिलिफ नेपाल र ईस्लामीक रिलिफ क्यानडाको सहयोगमा जेजेवाईसी बाराको आयोजनामा संचालित सामुदायिक उत्थानशिलता सुदृढिकरण परियोजनाले आवश्यकतामा आधारित सहयोग स्वरुप १५ हजार रुपैंया बराबरको खाद्यान्न सहितका अत्यावश्यक सामान सहयोग गरेको संस्थाले जनाएको छ ।

परियोजनाले चामल, दाल, तेल, मसला, साबुन, सरफ लगायतका अत्यावश्यक खाद्यान्न सामाग्री हस्तान्तरण गरेको हो । के खुवाउँ र कहाँबाट ल्याउँ भन्ने विपत्तीमा संस्थाबाट करिब एक महिनालाई पुग्ने खाद्यान्न सामाग्री सहयोग पाउँदा कोरैसीका ससुरा ओजेर मियाँ कुज्डाले खुशी ब्यक्त गरिन् ।

खाद्यान्न सामाग्री हस्तान्तरणका समयमा सेवा युवा क्लबका अध्यक्ष आमिर खान पठान, संस्थाका कर्मचारीहरु सहित स्थानीयहरुको सहभागी थियो । परियोजनाले यसअघि पनि यस्ता पिडितहरुलाई विभिन्न सहयोग गर्दै आईरहेको छ ।

Leave a review