कोल्हवी ५ बलुवामा संचालित महायज्ञ दोस्रो दिन भब्य तरिकाले हुदै

साझेदारी दैनिक
255 पाठक संख्या

बिनिता चौधरी/

बाराको कोल्हवी नगरपालिका वडा नम्बर ५ को आयोजना र कोल्हबी नगरपालिका वडा नम्बर ६ र ८ को सहयोगमा आयोजित श्री श्री १००८ श्री बिष्णु महायज्ञ तथा महोत्सव २०८० को दोस्रो दिन मंगलबार सभ्य र भब्य तरिकाले महायज्ञ भइरहेको छ ।

नगर र देशमा शान्ति तथा अमन चयन होस् र सनातन धर्मको जगेर्ना गर्ने उदेश्यले उक्त श्री श्री १००८ श्री बिष्णु महायज्ञको आयोजना गरिएको सस्थानीय युवा सन्जय चौधरी थारूले जानकारी दिएका छन ।

महायज्ञ सम्पन्न गर्नको लागि करिब २५ लाख को बजेट अनुमान गरिएको छ ।

महायज्ञ तथा महोत्सवमा मनोरञ्जनको लागि विभिन्न किसिमको खेल तमासा रोटे पिङ, झुला जम्पिङ प्याड्को साथसाथै बृन्दाबनको रासलिलाको ब्यवस्था गरिएको छ ।

बृन्दावनको रासलिलाको कलाकारहरुले दिनको १२ बजे देखि ३ बजे सम्म र बेलुकी ८ बजे देखि १२ बजे सम्म आफ्नो प्रस्तुती प्रस्तुत गर्दै आइरहेका छन ।

महायज्ञको आनन्द लिन र बृन्दावनको रासलिला हेर्न कोल्हबीका विभिन्न वडा र अन्य छिमेकी पालिकाहरुबाट पनि भक्तजनहरुको भिड लागेको छ । महायज्ञमा २७ पण्डालमा २७ मंडली निरन्तर सितारामको धुन ९ दिन सम्म जप्ने कार्यक्रम रहेको छ ।

कोल्हवी नगरपालिकाको नगर प्रमुख रामप्रसाद चौधरीले आइतबार एक कार्यक्रमबीच यज्ञको उद्घाटन गर्नुभएको थियो ।

Leave a review