वीरगञ्ज युनाईटेड डुमरवाना गोल्डकपको सेमिफाईनलमा

साझेदारी दैनिक
335 पाठक संख्या

तेस्रो डुमरवाना गोल्डकप २०८० अन्तरगत वीरगञ्ज युनाईटेड वीरगञ्ज सेमिफाईनलप्रवेश गरेको छ ।

डुमरवाना स्थित चारपाते खेल मैदानमा सोमवार सम्पन्न तेस्रो क्वाटरफाईनल खेलमा एभरेष्ट फुटबल एकेडेमी सर्लाहीलाई १–० गोलको अन्तरले हराउदै वीरगञ्ज युनाईटेड प्रतियोगिताको सेमिफाईनलमा प्रवेश छ आयोजकले जनाएको छ

वीरगञ्जले अब फाईनल यात्रामा पुग्न निजगढ एफसीसंग चैत्र २१ गते पहिलो सेमिफाईनल खेल खेल्नुपर्ने छ । वीरगञ्जको जितमा विपिन तुम्सिङ मगरले निर्णायक गोल गरेका थिए ।

जनमुखी युवा चारपाते क्लबको आयोजनामा भएको प्रतियोगिता चैत्र २३ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा ८ वटा टिमको सहभागिता रहेको छ ।

पटक पटक अवसर प्राप्त गरेपनि सर्लाहीले अवसर प्राप्त गरेपनि सदुपयोग गर्न सकेन् । प्रतियोगितामा बीगञ्जका विपिनल तुम्सिङ मगर म्यान अफ द म्याच घोषित भएका छ । उनलाई प्रोग्रेस एजुकेशन एकेडेमीका प्रिन्सिपल शान्ताराम खनालले म्यान अफ द म्याचको पुरस्कार प्रदान गरेका थिए ।

प्रतियोगिता अन्तर्गत मंगलवार क्वाटरफाईनल खेल हुनेछ । मंगलवार खेल वीरगञ्ज युथ एकेडेमी र रिगल हेटौडा रिसोर्ट हेटौडाको बिचमा हुनेछ ।

Leave a review

This will close in 0 seconds