उपाधिका लागि मच्छिन्द्र र पुलिसविच हुने भयो भिडन्त

साझेदारी दैनिक
साझेदारी दैनिक 110 पाठक संख्या
4 मिनेट पढ्न लाग्ने समय

जगदम्बा स्टिल १४ औं जीतपुरसिमरा गोल्डकपको उपाधीका लागि दुई सशक्त टिम भिडने भएका छन् ।

सिमरा रंगशालाको फ्लड लाइटमा सोमबार ए डिभीजनका दुई टोली मच्छिन्द्र फुटबल क्लब र नेपाल पुलिस क्लब भिड्ने भएका हुन् ।

प्रतियोगिताको अन्तिम भिडन्तमा दुवै टोली उपाधि जित्ने लक्ष्यका साथ ओर्लदै बर्ष ०८१ को सुखद शुरुवात गर्न चाहन्छन् ।

पुलिस आठ वर्षपछि दोस्रो पटक जीतपुरसिमरा गोल्डकपको फाइनलमा प्रवेश गरेको हो ।

मच्छिन्द्र पहिलो पटक उपाधि नजिक पुगेको हो । यसअघि छैठौं सिमरा गोल्डकपको फाइनलमा प्रवेश गरेको पुलिस त्रिभुवन आर्मी क्लबसंग २–० ले पराजित हुँदै उपाधि रहित अवस्थामा चित्त बुझाएको थियो ।

यता मछिन्द्र भने चौथो सिमरा गोल्डकपको सेमिफाइनलबाट बाहिरिएको थियो । मनाङ मस्र्याङ्दी क्लबसंग १–० ले पराजित भएर फर्किएको मच्छिन्द्र १० वर्षपछि प्रतियोगिता खेल्न सिमरा आएको हो ।

अघिल्लो साता बिराट गोल्डकपको उपाधि लिएर सिमरा आएको मच्छिन्द्र चौथो उपाधि हात पार्ने लक्ष्य सहित मैदानमा उत्रदै छ ।

०८० मा आयोजना भएका मोफसलकै प्रतियोगितालाई लक्षित गरी चर्चित खेलाडीहरुलाई उसले टिममा अनुबन्धन गरेको हो । मच्छिन्द्रले बिराट सहित मकवानपुरको बागमती गोल्डकप र काठमाडौंमा भएको केपी ओली कपको उपाधि जितेको थियो ।

मच्छिन्द्रका प्रशिक्षक सन्तोष न्यौपानेले आफूहरु उपाधि जित्नेमा विश्वस्त रहेको जनाउदै ‘हामी सिजनको चौथो उपाधि जित्ने लक्ष्यमा रहेको छौं, उनले भने । मोफसलकै प्रतियोगितालाई लक्षित गरी टिम निर्माण गरिएको छ ।’ न्यौपानेले भनेका छन् ।

पुलिसका प्रशिक्षक चेतन घिमिरेले आफूहरु बर्षको दोश्रो उपाधि जित्ने लक्ष्य लिएर मैदानमा उत्रने बताृउछन् ।

वर्ष ०८० को शुरुवातमा बीरगञ्ज गोल्डकपको उपाधि जितेको पुलिस क्लब अघिल्लो साता प्रथम कपिलबस्तु तिलौराकोट गोल्डकपको फाइनलमा पराजित भएको थियो ।

पुलिसका प्रशिक्षक चेतन घिमिरेले बर्ष ०८० मा पुलिसका युवा खेलाडी सम्मिलित टोलीले मोफसलका प्रतियोगिताहरुमा उत्कृष्ट प्रदर्शन गर्दै आएको बताए । उनले जीतपुरसिमरा गोल्डकपको उपाधि सहित बर्ष ०८१ को शुरुवातका लागि आफूहरु उत्साहित रहेको बताए ।

‘हाम्रा उर्जावान यूवाशक्तिले यस बर्ष सिमरा रङ्गशालामा इतिहास रच्नेछन् प्रशिक्षक घिमीरेले विश्वास व्यक्त गरे ।

पुलिसले फाइनल खेलमा शिशिर चौधरी दोहोरो पहेलो कार्डका कारण खेल्न पाउने छैनन् । शिशिरले एपीएफविरुद्धको सेमिफाइनल खेलमा गोल लाइनबाट बल क्लियर गर्दै टिमलाई फाइनलसम्म पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

यता स्टार खेलाडी बिमल घर्तिमगर, मनिष डांगी सम्मिलित मछिन्द्रको टिममा भने कुनै परिवर्तन हुने छैन । मच्छिन्द्रका प्रशिक्षक सन्तोष न्यौपानेले आयुष घलान टिममा थपिने सम्भावना रहेपनि निश्चित भने नभएको जानकारी दिए ।

यसअघिका खेलमा उत्कृष्ट प्रदर्शन गरेका दुबै टिमलाई उपाधिको दावेदारको रुपमा हेरिएको छ । मच्छिन्द्रले आफनो पहिलो खेलमा त्रिभुवन आर्मी फूटवल क्लबलाई १–० र सेमीफाइनलमा सलहेश युवा क्लब सिराहालाई२–० ले पराजित गर्दै फाईनलको यात्रा तय गरेको थियो ।

पुलिसले भने क्वार्टरफाईनलमा आयोजक सिमरालाई २–१ र सेमिफाईनलमा बिभागिय टिम एपिएफ क्लबलाई ३–२ ले पराजित गर्दै उपाधी होडमा आफूलाई उभ्याएको हो ।

सिमरा रङ्गशालामा आइतबार विहान भएको पत्रकार सम्मेलनमा उपस्थित मच्छिन्द्रका कप्तान विशालश्रेष्ठ र पुलिसका कप्तान रामचन्द्र वाजे दुबैले उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रने जनाए ।

सिमरा रङ्गशालाको फ्लड लाईटमा मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादबको प्रमूख आतिथ्यतामा फाइनल खेल हुने आयोजक नवजनजागृति यूवा क्लबका अध्यक्ष रामचन्द्र लामाले पत्रकार सम्मेलनमा जानकारी दिए ।

फाइनल खेलमा करिब १५ हजार दर्शक उपस्थित हुने अपेक्षा आयोजकले राखेको छ । तीन बर्षदेखि फ्लड लाइटमा खेल सञ्चालन भइरहेको सिमरा रङ्गशालामा दर्शकको उपस्थिति बढेको छ ।

जीतपुरसिमरा गोल्डकपको हाल सम्मका उपाधि विजेताहरुमा ०७९मा चर्च ब्वाईज युनाईटेड,२०७८ मा न्युरोड टिम एनआरटी,२०७७ मासंकटा क्लब,२०७५ मा थ्रीस्टार क्लब,२०७४मा त्रीभूवन आर्मी,२०७३ संकटा क्लब,२०७२ विजय युथ क्लब हेटौंडा,२०७१ त्रिभुवन आर्मी क्लब,२०७० नव जनजागृति युवा क्लब सिमरा,२०६९ मनाङ मस्र्याङदी क्लब,२०६८ मनाङ मस्र्याङदी क्लब,२०६७ हिमालयन शेर्पा क्लब,२०६६ मजदुर सहिद स्मृति क्लब रहेका छन् ।

साझेदारी दैनिक

समाचार शेयर गर्नुहोस
Leave a review