अदालतबाट विभिन्न मुद्दामा दण्ड जरिवाना तथा कैद सजाय पाएका नौ जना फरार प्रतिवादीलाई बारा प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाराले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गरी पक्राउ परेका फरार प्रतिवादीहरुको हकमा कानुनी प्रकृया अगाडी बढाइएको जनाएको छ ।
प्रहरीले सरकारी कागज किर्ते मुद्दामा ५० रुपैयाँ जरिवाना सजाय पाएका कलैया उपमहानगरपालिका वडा नम्बर १७ सुराही वस्ने बंगाली मियाँ धोबीलाई पक्राउ गरेको हो ।
यस्तै छुवाछुत मुद्दामा एक महिना कैद र पाँच सय रुपैयाँ जरिवाना सजाय पाएका कलैया १७ ब्रम्हपुरी टोलका ४० वर्षीय गजेन्द्र साह तेलीलाई पक्राउ गरेको हो ।
कर्तव्य ज्यान मुद्दामा दुई सय रुपैयाँ जरिवाना पाएका सुवर्ण गाउँपालिका वडा नम्बर ५ वस्ने ५० वर्षीय रामबाबु साहलाई प्रहरीले पक्राउ गरेको हो ।
लुटपिट मुद्दामा २५ हजार जरिवाना पाएका बारा जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ७ वस्ने ८५ वर्षीय दिनानाथ उपाध्यायलाई प्रहरीले पक्राउ गरेको हो ।
किर्ते मुद्दामा दुई लाख ५० हजार जरिवाना सजाय पाएकी बारागढी गाउँपालिका वडा नम्बर ६ वस्ने ६० वर्षीय पनवा देवी अहिरिनलाई प्रहरीले पक्राउ गरेको हो ।
अवहेलना मुद्दामा दुई हजार जरिवाना सजाय पाएका विश्रामपुर गाउँपालिका वडा नम्बर ५ ईटियाही वस्ने ४५ वर्षीय प्रमोदसाह कानुलाई ईलाका प्रहरी कार्यालय प्रसौनीले पक्राउ गरेको हो ।
अपहरण शरीर बन्धक मुद्दामा छ महिना कैद सजाय पाएका बारा सिम्र्रौनगढ वडा नम्बर ११ कटहरिया वस्ने ५० वर्षीय वृजकिशोर महतो कहारलाई प्रहरी चौकी कचोर्वाले पक्राउ गरेको हो ।
ठगी मुद्दामा एक लाख ३८ हजार सात सय ५० रुपैयाँ जरिवाना पाएका बारा देवताल वडा नम्बर ४ पिप्राढी वस्ने ४५ वर्षीय राजकिशोर सिंहलाई प्रहरी चौकी देवतालले पक्राउ गरेको हो ।
विगो देवानी मुद्दाका फरार प्रतिवादी कलैया १ वस्ने सेवक महतो धानुकलाई प्रहरीले पक्राउ गरेको हो ।

