जिल्ला प्रहरी कार्यालय बारामा १ दिने नि:शुल्क स्वास्थ्य शिविरबाट एक सय १५ जना प्रहरी लाभान्वित

संदिप प्रसाद यादव
संदिप प्रसाद यादव 139 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

जिल्ला प्रहरी कार्यालय बारामा एक दिने नि.शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

शनिबार गरिएको नि.शुल्क स्वास्थ्य शिविरबाट १ सय १५ जना प्रहरीले नाक,कान,हाडजोरनी बिपि लगायतका सम्बन्धी सेवा लिएका छन् ।

जिल्ला प्रहरी कार्यालय बाराको आयोजनामा र एल एस न्यूरो अस्पताल परवानिपुरको सहकार्यमा उक्त आयोजित १ दिने नि:शुल्क स्वास्थ्य शिविर कार्यक्रम कार्यालयको परिसर भित्र एक कार्यक्रम बीच सम्पन्न भएको हो ।

बाराका प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक महेन्द्र खड्काको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

प्रहरी कार्यालय तथा मातहत समेतमा कार्यरत सिनियर प्रहरी अधिकृतहरु समेत १ सय १५ जनाले नि:शुल्क नाक,कान,हाडजोरनी बिपि लगायतका स्वास्थय चेकजाँच गर्नुको साथै औषधी वितरण र स्वास्थ्य सम्बन्धि अन्य सेवाहरू तथा परामर्श लिएका हुन् ।

प्रहरीहरुको स्वास्थ्य सम्बन्धिको चेकजाँच विशेषज्ञ टोलीमार्फत उपचार गराइएको थियो ।

उक्त कार्यक्रममा जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे,प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपाने,प्रहरी निरीक्षक जट्टा शंकर यादव,बिरेन्द्र गुरुङ,एल एस न्यूरो अस्पतालका कार्यकारी निर्देशक रामप्रवेश प्रसाद कुर्मी,प्रशासन प्रमुख नन्देश सिंह,बिनोद पटेल,वरिष्ठ आर्थोपेडिक सर्जन डाक्टर सचिन यादव,डाक्टर तेजप्रकाश साह,आखाका डाक्टर आदित्य तिवारी र प्रहरी कर्मचारी तथा स्वास्थ्यकर्मीहरु लगायतको उपस्थिति रहेको थियो ।

संदिप प्रसाद यादव

समाचार शेयर गर्नुहोस
Leave a review