आन्दोलनरत आजपा र भन्सार विभागवीच वार्ता निष्कर्ष विहिन

साझेदारी दैनिक
साझेदारी दैनिक 110 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

आम जनता पार्टी (आजपा) ले विगत लामो समयदेखी भन्सारको लूटकारी प्रावधान विरुद्ध काठमाण्डौमा आन्दोलन गर्दै आईरहेको छ ।

पार्टी निकट आम सम्पर्क मञ्चले निरन्तर भन्सार विभागको मुल गेटमा नारावाजी र प्रर्दशन गर्दै आईरहेको छ ।

दैनिक रुपमा विरोध प्रर्दशन गर्दै आईरहेको आम सम्पर्क मञ्चसंग सरकारले वार्ता शुरू गरेको छ ।

भन्सार बिभागमा मंगलवारदेखी वार्ता शुरू भएको हो । हिजोको बार्ता निष्कर्ष विहिन सकिएको छ । बार्तामा विषय प्रवेश भई सामान्य छलफल भएको हो ।

बार्ता फेरी आज ३ बजे पुनः बस्ने सहमती भएको पार्टीले जनाएको छ ।

उक्त वार्तामा सरकारको तर्फबाट महानिर्देशक सहितको टोली र आन्दोलनकारीको तर्फबाट आजपाको उपाध्यक्ष तिलक थापा,प्रवक्ता चन्द्रभूसन साह,संघर्ष समितिको संयोजक रन्जु कुमारी सहितको सहभागिता रहेको थियो ।

पार्टीको आम सम्पर्क मञ्चले घोषणा गरेको चौथो चरणको आन्दोलन अन्तरगत जेठ २० गतेदेखि शुरू भन्सार विभाग घेराउ पनि जारी रहयो ।

साझेदारी दैनिक

समाचार शेयर गर्नुहोस
Leave a review