सवारी दुर्घटना परी मृत्यु भएका २६ वर्षीय युवकको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
कार्यालयले बुधबार एक प्रेस विज्ञप्ति जारी गरी यसबारे जानकारी दिएको हो ।
बाराको परवानीपुर गाँउपालिका वडा नं.४ चैनपुर चोक स्थित पृथ्वीराज मार्गमा सवारीले ठक्कर सोमबार विहान दिदा पुरूष व्यक्ति घाईते भई उपचारको लागी नारायणी अस्पताल वीरगंज पर्सा पठाईएको थियो ।
उनको उपचारको क्रममा तराई मुलको जस्तो देखिने अं. वर्ष २६ को पुरूष व्यक्तिको मृत्यु भएको थियो । हाल सम्म निजको नामथर, वतन नखुलेको जनाइएको छ ।
प्रहरीले सम्पर्क को लागि ९८५५०४८१०१,९८५५०४५७६६ मोबाईल नम्बर जारी गरेको छ । मृतक युवकको उचाई – ५.९ फिट रहेको र कपालको रंगः कालो रहेको जनाइएको छ ।
यस्तै आँखाको रंग कालो,शारीरिक बनावट पातलो,
शरीरको तौल ६३ किलो र वर्ण कालो रहेको प्रहरीले हुलिया सार्वजनिक गरेको छ ।
भित्र सेतो रंगको भेष्ट,बाहिर कालो रंगको सर्ट र क्रिम कलरको पाईन्ट लगाएको युवकको पहिचान हुन नसकेको हो ।

