बारामा पोलियो विरुद्धको खोप अभियान आईतबारबाट सुरु

रञ्जन यादव
355 पाठक संख्या

बारामा पोलियो विरुद्धको खोप अभियान आईतबारबाट सुरु भएको छ ।

जिल्लाभर करिब ४० हजार बालबालिकालाई पोलियो रोग विरुद्धको आई.पि.भी. खोप लगाइने लक्ष्यका साथ अभियान आइतबारबाट सुरु भएको हो । १६ पालिका रहेको बाराका पाँच पालिकामा विद्यालयहरूमा आईतबार केन्द्र व्यवस्थापन गरेर अभियान सञ्चालन गरेको स्वास्थ्य कार्यालय बाराले जनाएको छ ।

त्यस्तै यो अभियान दोस्रो चरणमा जेठ १३ गतेदेखि १५ गते सम्ममा सिम्रौनगढ नगरपालिका,पचरौता नगरपालिका,सुवर्ण गाउँपालिका,देवताल गाउँपालिका र आर्दश कोतवाल गाउँपालिकामा सञ्चालन हुने छ ।

त्यस्तै जेठ २० गतेदेखि २२ गते सम्म निजगढ नगरपालिका,कोल्हबी नगरपालिका,करैयामाई गाउँपालिका,बारागढी गाउँपालिका,महागढीमाई नगरपालिका,जीतपुरसिमरा उपमहानगरपालिका,परावानीपुर गाउँपालिका, बिश्रामपुर गाउँपालिका,फेटा गाउँपालिका,प्रसौनी गाउँपािलका र कलैया उपमहानगरपालिकामा सञ्चालन हुनेछ ।

२०७३ वैशाखदेखि २०७५ असोज महिनासम्म जन्मिएका बालबालिकाले खोप नपाएको हुँदा यस पटक जिल्लाका १६ वटै स्थानीय तहमा रहेको अधिकांश विद्यालयहरूमा खोप केन्द्र सञ्चालन गरि बालबालिकालाई खोप लगाउने अभियान सञ्चालन भएको स्वास्थ्य कार्यालय बाराका प्रमुख रामनरेश यादबले जानकारी दिनुभयो ।

जसको लागि ३७ हजार ७ सय ७० जना विद्यालय क्षेत्रका बालबालिका सम्पर्क रहेको उहाँको भनाइछ । धेरै जसो बालबालिका विद्यालयमा भेटिने र विद्यालय बाहिर रहेकालाई पनि खोपको पहुँचमा ल्याइने भएको छ ।

छुटपुटको खोजी गरि अभियान पश्चात् पनि स्वास्थ्य केन्द्रमा खोप दिने व्यवस्था मिलाइएको जनस्वास्थ्य प्रमुख यादबले जानकारी दिनुभयो । कार्यक्रममा फेटा गाउँपालिकाको जनस्वास्थ्य निरिक्षक राम मनोहर साहले पोलियो रोग विरुद्धको आई.पि.भी. खोप बारेमा प्रकाश पार्नुभएको थियो ।

अभियानलाई सफल पार्न बिद्यालयमा ५ सय ९० खोप केन्द्र ,स्वास्थ्य संस्थामा १ सय ६७ खोप केन्द्र र बाहिर १ सय ५ खोप केन्द्रगरी जिल्लामा ८ सय ६२ खोप केन्द्र हुने स्वास्थ्य कार्यालय बाराले जनाएको छ । आई.पि.भि . खोप अभियानमा जिल्ला भर १ हजार ७ सय २४ जना स्वयँसेवक परिचालन गरिने छ ।

जिल्ला समन्वय समिति बाराका सभापति नरेन्द्र प्रसाद साहको अध्यक्षतामा कलैयामा भएको कार्यक्रममा बाराका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे,बाराका प्रहरी उपरिक्षक महेन्द्र खड्का,अनुसन्धानका उपनिर्देशक दिपक खड्का,नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष रेशम तिबारी लगायतको सहभागिता रहेको थियो ।

Leave a review

This will close in 0 seconds