Sajhedari Daily
Latest News from Nepal

बाराका सिडियो सरुवा, रमना हुदा हरूवा

Top Aside Banner

जिल्लाको समग्र शान्ति सुरक्षा देखि प्रहरी प्रशासनलाई चलाउने प्रमुखको रुपमा प्रमुख जिल्ला अधिकारी (सिडिओ) रहने हालको कानुनी व्यवस्था अनुसार बारा जिल्लामा करिब सढे छ महिना जिल्लाको प्रमुखको रुपमा बिताएका नेपाल सरकारका उपसचिव रुद्र प्रसाद पण्डितको असोज २२ गते सरुवा भै सकेको छ ।

थाहा पाइए अनुसार हिजो उनले जिल्लाबाट रमना समेत लिइ सकेका छन । कोरोना भाइरसको रोकथाममा नेपालमा बन्दाबन्दी घोषणा हुनुभन्दा साता दस दिन अघि जिल्लाको प्रमुख जिल्ला अधिकारी नियुक्ति भै आएका पंडितले उनको कार्यकालमा बाराका आम नागरिकलाई खासै गुनलगाउन सकेनन ।

नेपाल सरकारको गृहमन्त्रालयबाट जसरी सरुवा भएर आएका थिए यहाको नागरिकको ठूलो अपेक्षा थियो कि उनी निश्पक्ष होउन तर उनी नेकपा भित्रको पनि प्रम केपि एण्ड बादल कम्पनिको कार्यकर्ता भएर जिल्लामा काम गरेको स्वंम सत्तारुढ दलका बाराका नेता तथा कार्यकर्ताको आरोप रहेको छ। बाराका नागरिक समाज ,बुद्धिजीवी ,मानवअधिकारकर्मी ,र संन्चारकर्मीलाई त उनले झिनामसिनाको संज्ञा दिदै हिडेको आरोप स्वंम पक्षहरुको आरोप छ।

नेपालको कानुनी व्यवस्था अनुसार प्रमुख जिल्ला अधिकारी एक अर्धन्यायिक निकाएका प्रमुख ,अनि कुनै राजनैतिक नियुक्त वा भर्तिकेन्द्र नभै निजामती प्रशासनको असल ,कर्तव्यनिश्ट र जनउत्तरदायी बहन गर्ने एक जिल्लाको प्रमुख पद हो ।

तर गजबको बिषय त यो छ कि बारा बसाइक्रममा पन्डितले आफु राजनैतिक नियुक्तिमा सत्तारुढ दल नेकपाको कृपामा सिडिओ भै बारा आएको जसरी काम गरे । उनले आफुलाई एक निजामति कर्मचारी हु भन्ने नै बिर्सिय ।

जिल्लाको बसाइक्रममा न त उनलाई बुद्धिजीवी चाहियो,न त नागरिक समाज खोजे,न त मानवअधिकारकर्मी देखे ,अझ कलमजिबी पत्रकार त उनको भाषामा बौलाहा नै देखे । उनको चर्म चच्छुले बारामा देख्यो त प्रम ओलि एण्ड बादल कम्पनी सिर्फ यतिमैबित्यो उनको कार्यकाल ।

बन्दाबन्दिको मध्यकाल थियो बारामा मास्क नलगाई हिड्नेलाई रु १०० जरिवाना समेत उनले तोके र डाडे पनि तर उनी आफै सार्बजनिक ठाउमा अनुगमन गर्न जादा भएको मास्क पनि निधारमाथी झुन्ड्याइएको उनको तस्बिरहरु सामाजिक संन्जालमा भाइरल भै निकै आलोचित भए पनि । तै पनि आफ्नो काम महान भन्दै हिडे ।

जिल्लाको उत्तरी भेगमा खोलानालाको दोहनको बिषय निकै चर्चामा आइरहने हुनाले नागरिकले त्यहाका नागरिकले उजुरी समेत दिए अनि उनी अनुगमन गर्न निस्किए,अनुगमनको काम निजगढको एक होटेलमा मस्त मासुभात खाएर फर्कनु बाहेक उनको अनुगमनले लछारपाटो लाएन ।

जिल्लामा कालाबजारी सकृय भए,करोडौको चिनी र मरिचहरु भन्सार न तिरी सिमाबाट बारा भित्रिय तर उनको कार्वाही किसानले धानमा छर्न ल्याएको साइकलको एक बोरा युरिया मल खोसेर तस्करिको प्रमाण पेस गरे । नेपाल सरकारको उपसचिव पन्डित ज्यु तपाईं अर्को मन्त्रालय वा बिभागमा जानुहोला तर कृपया अब झोले नबन्नु होला हाम्रो शुभकामना ।