सत्तारुढ दल नेकपाको बिवाद कायमै

साझेदारी दैनिक
547 पाठक संख्या

मुलुकको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीको जारी स्थाई समितिको बैठक बिवादकै बिच चल्दै र स्थगित हुँदै आइरहेको छ । बहुमत स्थाई समिति सदस्यहरुले प्रधानमन्त्री केपि शर्मा ओलिको राजिनामा मागेपछी प्रम ओलि आफ्नो सत्ता जोगाउन विभिन्न जोड घटाउ गर्दै समितिको बैंठकमा समेत उपस्थित नभई बैंठक स्थगित गर्दै आइरहेका छन । पार्टी भित्रको बिवाद र यसलाई हल गर्ने भन्दै बिहिबार पनि प्रम ओलि र अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचन्ड) र माधव नेपाल समुह बिच छुट्टाछुट्टै बैठक बसेको थियो । दुबै समुहको प्रस्तावलाई मिलाउन भन्दै दुई अध्यक्ष ओलि र प्रचन्ड बिच बालुवाटारमा शुक्रबार बसेको बैठक बिना निर्णय टुंगिएको थियो। आ–आफ्ना अडानका बिच सहमती नभएपछी शुक्रबार ११ बजे बोलाइएको बैंठकपनि स्थगित भयो। अर्को सहमती अनुसार आइतबार (आज) बैठक बस्ने सहमती गर्दै दुबै अध्यक्ष हिडेका थिए।

पटकपटक स्थाई समितिको बैठक बोलाउने र बस्नु अघिनै स्थगित गर्ने शिर्ष नेताको निर्देशनले भने स्थाई समितिका सदस्यहरु निकै आक्रोसित भएकाछन। गत असार १८ गते यता सात पटक स्थाई समितिको बैठक बोलाउने र स्थगित गर्ने काम भएको छ। नेतृत्वले बैठक बोलाउने र स्थगित गरेको यस्तो कार्यको नेता भिम रावलले खुलेरै जोडदार बिरोध गरेका छन। स्थाई समितिको बैठकले पार्टीको बिवाद समाधान गर्न नसकेको भन्दै अब केन्द्रिय समितिको बैठक बोलाउन दुबै नेतृत्व समक्ष माग समेत गरेका छन। उनकै शब्दमा पार्टी नेतृत्वले लाजै नमानी घन्टा घन्टामा बैठक बोलाउने र स्थगित गर्ने कार्यले सारा जग नै हासेको टिप्पणी समेत गरे।

सत्तारुढ दल नेकपा भित्रको बैठक बोलाउने र स्थगित गर्दै आफ्नै दल भित्रको अन्तरबिरोधलाई हल गर्न न सक्नेले हाल मुलुकमा देखिएको यत्रो महामारीको समस्यालाई कसरी समाधान गर्नेछन भन्ने प्रस्न आज विभिन्न राजनैतिक बिषलेषकले गरि रहदा प्रम ओलि भने मुलुकको समस्या समाधान गर्ने भन्दा पनि कसरी आफ्नो सत्ता जोगाउन सकिन्छ भन्दै संघिय सांसदमा जोडघटाउमै बेस्त छन।अब अवस्था यस्तै रहे मुलुकबासिले यो महामारिमा देखिएको रोग,भोक र शोकको समाधन गर्न सक्ने अर्को नेतृत्वको खोजिमा नजालान भन्न सकिन्न।

Leave a review

This will close in 0 seconds