पर्सा जिल्लामा रहेका पत्रकारहरु मध्ये बीस प्रतिशत पत्रकारलाई मात्रै समाचार लेख्ने गरेको मधेस प्रदेश सभा सदस्य श्याम पटेलले बताएका छन् ।
आदर्श डेली डटकमले वीरगञ्जमा आयोजना गरेको तेस्रो बर्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो भनेका हुन् ।
पर्साका बीस प्रतिशत पत्रकार बाहेक बाँकी ठुला पत्रकारहरुलाई समेत समाचार लेख्न नआउने गरेको उनले जिकिर गरे । समाचार लेख्न नआउने,समाचार बनाउन ज्ञान नभएको,अन्र्तवार्ता लिन नआउनेहरु पनि पत्रकार रहेको उनले जनाए ।
यस्तो अवस्थामा समाजलाई जागरुक हुन जरुरी रहेको उनले बताए । पत्रकारले जति राम्रो तरिकाले पत्रकारिता गरे त्यति नै समाज अघि बढने उनले बताए । उनले समाजको प्रगतिको माध्यम नै पत्रकारिता भएको कुरामा उनले जोड दिए ।
प्रिन्ट तथा ईलेक्ट्रोनिक मिडियामा आउने गरेका समाचारहरु नेता,जन प्रतिनिधिको बारेमा पक्षपोषण गरेर आउने गरेको उनको भनाई थियो ।पत्रकारले चाहे भने जस्तो सुकै मानिसको चरित्र बिगार्ने र बनाउने गुण राख्ने उनले जनाए ।
पर्सामा अहिले नकारात्मक पत्रकारिता भईरहेको गुनासो गरे । सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यशवन्त यादवले नेताहरुले राजनीतिमा कार्यकर्ताहरु राख्ने गरेको जनाए । अहिले पत्रकारहरुले पनि कार्यकर्ता जस्तो पत्रकार राख्ने गरेको जनाए ।
उनले स्वच्छ र सही पत्रकारिता गर्ने पत्रकारले पत्रकारको रुपमा कार्यकर्ता राख्न जरुरी नभएको बताए ।आदर्श डेली डटकमका सञ्चालक कृष्ण यादवको अध्यक्षतामा सो बार्षिकोत्सव कार्यक्रम भएको हो ।
जसपा नेपालका नेता सुरेन्द्र कुर्मी,एमालेका नेता शिव पटेल लगायतले सो कार्यक्रमलाई सम्बोधन गरेका थिए ।

