आम विद्यार्थी मोर्चाद्वारा वीरगञ्जमा विरोध प्रदर्शन

साझेदारी दैनिक
359 पाठक संख्या

वीरगञ्ज : आम जनता पार्टी (आजपा) निकटको आम विधार्थी मोर्चाले मधेसमा विधार्थीको अनुपातमा शिक्षकको माग गर्दै बुधबार वीरगञ्जमा बिरोध प्रदर्शन गरेको छ।

आम विद्यार्थी मोर्चाका इन्चार्ज उमेश कुशवाहाको नेतृत्वमा वीरगञ्जमा प्रदर्शन भएको हो । प्रदर्शनमा विधार्थी,शिक्षक,अभिभावकका साथै स्थानीयको सहभागिता रहेको हो।

विद्यार्थीको अनुपात तहगत र बिषयगत शिक्षकको व्यवस्था गर्न सरकारसंग पटक पटक माग गर्दा समेत कुनै सुनुवाई नगरेपछि बाध्य भएर आन्दोलनमा उत्रिनु परेको विधार्थी मोर्चाका अध्यक्ष कुशवाहाले बताए।

मधेसको शिक्षालाई सरकारले योजनाबद्ध तरिकाले तहस नहस गर्न खोजेको आरोप उनको थियो। प्रधानमन्त्री केपीशर्मा ओली,शिक्षामन्त्री विद्या भट्टराई मधेस विरोधी भएको आरोप उनीहरुको थियो। प्रधानमन्त्री,शिक्षामन्त्रीको विरोधमा नाराबाजी गर्दै उनीहरुले विधार्थीको अनुपातमा शिक्षकको व्यवस्था कहिले हुने भन्दै प्रश्न समेत गरेका छन् ।

आजपा मधेस प्रदेश कमिटीले समेत शिक्षकको माग गर्दै आम शैक्षिक हडतालका साथै आन्दोलनका बिभिन्न कार्यक्रम घोषणा गरेको छ । मधेसमा कार्तिक ५ गते देखी शैक्षिक आम हड्तालको घोषणा गरेको आजपाले त्यस अघि आन्दोलनका बिभिन्न कार्यक्रम गरिरहेको छ ।

आजपाले मधेसका जिल्लाहरुमा भदौ २५ गतेदेखी ३० गतेसम्म प्रत्येक विद्यालयहरुमा संघर्ष समिति गठन गरेको छ। मधेसका बिभिन्न जिल्ला र प्रमुख शहरहरुमा असोज २ गतेदेखी ४ गतेसम्म विद्यार्थीहरुको प्रर्दशन गर्ने कार्यक्रम छ ।

संविधान दिवसकै दिन असोज ३ गते संविधानको अन्त्येष्टी यात्रा प्रत्येक जिल्लामा निकाल्ने उनीहरुको कार्यक्रम रहेको छ। वीरगंज,जनकपुरमा प्रदर्शन गर्ने कार्यक्रम रहेको आजपाले जनाएको छ।

शिक्षा ऐनको मापदण्ड अनुसार तराई मधेसमा ५० विद्यार्थीमा १ शिक्षक हुनुपर्ने,पहाडमा ४० विद्यार्थी बराबर १ शिक्षक,हिमालमा ३५ विद्यार्थी बराबर १ शिक्षक हुनुपर्ने प्रावधान छ।

तर यो मापदण्ड अनुसार तराई मधेसमा शिक्षकको व्यवस्था शिक्षा मन्त्रालयले नगरेको आरोप आजपा केन्द्रीय सदस्य एवं प्रवक्ता डा. हेमप्रसाद साहले लगाएका छन् । आजपा निकट बिधार्थी मोर्चाले रौतहटको सदरमुकाम गौरमा पनि बुधबार बिरोध प्रदर्शन गरेको थियो ।

Leave a review

This will close in 0 seconds