निजी वन सम्बन्धी दुई दिने तालिम भयो सम्पन्न

रञ्जन यादव
424 पाठक संख्या

निजी बन सम्बन्धी संघ संस्थाहरुको क्षमता अभिबृद्धि गर्न दुई दिने तालिम बाराको कलैयामा सम्पन्न भएको छ ।

डिभिजन बन कार्यालय बाराको आयोजनामा भएको तालिममा जिल्लामा निजी बनका खेती गरिरहेका ४१ जना किसानहरुको सहभागिता रहेको थियो ।

तालिममा निजी वन विकास सम्बन्धी संघ,प्रदेश तथा स्थानीय तहको भूमिका,अपेक्षा संग्रह र सम्बोधनको बिषयमा डिभिजन बन कार्यालय बाराका प्रमुख डिभिजन बन अधिकृत बिनोद सिंहले प्रकाश पारेको छैठो तहका वन अधिकृत सन्दिप पटेलले जानकारी दिए ।

निजी बनको परिचय,विकास,ईतिहास र हालको अवस्थाको विषयमा साहयक न अधिकृत जवाहर प्रसाद कुर्मीले जानकारी दिएका थिए । वन ऐन,२०७६ र नियमावली २०७९मा निजी बन सम्बन्धी भएको कानुनी ब्यवस्थाको विषयमा सहायक वन अधिकृत संजयकुमार चौधरीले प्रकाश पारे ।

तालिममा कृषि वन सम्बन्धी जानकारी अधिकृतस्तर छैठो निरज साहले सहभागीहरुलाई दिए । बारा जिल्लामा १२५.६३ हेक्टरमा २ सय १६ जनाको निजी वन रहेको छ ।

स्थानीय तहमा निजी वन दर्ता गर्दा डिभिजन वन कार्यालय वा सब डिभिजन वन कार्यालयको सिफारिस चाहिने ब्यवस्था छ । वन कार्यालयबाट सिफारिस लिन जग्गा धनी प्रमाणपुर्जा,मालपोत तिरेको रसिद र नागरिकताको प्रतिलिपिका अतिरिक्त नापी कार्यालयले प्रमाणित गरेको नक्सा र फिल्डबुकको प्रतिलिपि समेत पेस गर्नुपर्ने व्यवस्था वन नियमावलीमा राखिएको छ ।

बाइस वर्षअघि लगाइएको निजी जग्गाको सालका रूख कटान प्रतिबन्ध खुला भएको छ।

सरकारले राजपत्रमा प्रकाशन गरेको सूचना अनुसार विसं २०५८ कात्तिक १६ मा लगाएको प्रतिबन्ध ‘निजी वन दर्ता गरेर काट्न पाइने’ भनेर विसं २०८० मङ्सिर ७ मा जनाएसँगै सालका रूख कटान अवरोध हटेको हो।

Leave a review

This will close in 0 seconds