मनसुन जन्य विपद न्यूनीकरण सम्बन्धि जनचेतना कार्यक्रम

साझेदारी दैनिक
332 पाठक संख्या

धिरेन्द्र पुनहर/

बाराको कोल्हवीमा मनसुन जन्य विपद न्यूनीकरण सम्बन्धि जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।

कोल्हवी नगरपालिका वडा नम्बर ३ स्थित नेपाल राष्ट्रिय माध्यमिक विधालय जुअवामा बुधवार सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गण हेडक्वाटर उतर झिटकैया बाराको आयोजनामा उक्त जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको हो ।

कोल्हवी नगरपालिका वाड नम्बर ३ का वडा अध्यक्ष किशुनदयाल चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथी समेत रहेकी कोल्हवी नगरपालिकाकी उपप्रमुख लक्ष्मी कुमारी चौधरीले ब्यानर पढेर कार्यक्रमको उदघाटन गर्नु भएकी थिइन् ।

सो कार्यक्रममा प्रहरी निरीक्षक राजु कुमार गुप्ताले विपदको परिभाषा,नेपालमा आइ पर्ने विपदहरु,विपद व्यवस्थापन चक्र,जोखिमका तत्वहरु,उद्धदार टोलिद्वारा गरिने कार्यहरु,पानी डुवानमा परेकाहरुको प्राथमिक उपचार लगायत अन्य शिर्षकहरुको बारेमा प्रशिक्षण गराउनु भएको थियो।

उक्त कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल कोल्हवीका प्रमुख कृष्ण बिक्रम बानिया,बिधालयका प्रधानाध्यापक नरेन्द्र कुमार चौधरी,दलित महिला सदस्य मन्जु राम शिक्षक हितेन्द्र चौधरी,शिक्षिका सन्ध्या चौधरी,इन्दिरा देवकोटा विद्यालयमा अध्यनरत बिद्यार्थी तथा अभिभावकहरु लगायतको उपस्थिति रहेको थियो।

Leave a review