चार लाख त्रिपन्न हजार बराबरको अवैध सामान प्रहरीद्वारा बरामद

संदिप प्रसाद यादव
311 पाठक संख्या

बारा प्रहरीले चार लाख ५३ हजार बराबरको अवैध सामान बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका मातहत तथा प्रहरी ईकाइ कार्यालयहरूबाट खटिएका प्रहरी टोलीले जिल्लाको विभिन्न स्थानबाट अवैध भन्सार छलीका अन्दाजी मूल्य चार लाख ५३ हजार नौ सय २० रूपैयाँ बराबरको सामानहरु बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलिले बुधबार कलैया उपमहानगरपालिका वडा नम्बर ६ स्थित बजार एरियामा भन्सार छलि गरी ल्याउदै गरेको बिभिन्न कस्टमेटिक सामानहरु र किराना सामानहरू गरी अन्दाजी रु.एक लाख रुपैयाँ बराबरको सामान बरामद गरेको छ ।

त्यस्तै ईलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरी टोलिले जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ९ छातापिपरास्थित गस्ती टोलिले वेवारिसे अवस्थामा अन्दाजी आठ हजार रुपैयाँ बराबरको एक सय किलो चिनी बराबरको बरामद गरेको छ ।

त्यसैगरी प्रहरी चौकी श्रीनगर बैरियाबाट खटिएको प्रहरी टोलिले सिम्रौनगढ नगरपालिका वडा नम्बर १ सिमान बैरियास्थित बि.आर ०५ एजि ६२२४ नम्बरको सुपर स्प्लेंडर मोटरसाइकल र बि.आर २२ एम ३०१२ नम्बरको प्लाटीना मोटरसाइकल पछाडी लोड गरिएको भारत तर्फ लगिरहेको चार वटा बोरामा कस्तुरी बरामद गरेको हो ।

उक्त कस्तुरीको अन्दाजी मुल्य रू.२४ हजार र रक्सी रू.१ लाख ६० हजार गरी जम्मा १ लाख ८४ हजार बराबरको सामान सहित मोटरसाइकल नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रहरी चौकी मुसहर्वाबाट खटिएको प्रहरी टोलिले विश्रामपुर गाउँपालिका वडा नम्बर ३ मुसहर्वास्थित भारतबाट नेपाल तर्फ भन्सार छली गरी ल्याउदै गरेको ल्याक्मे आईकोनिक काजल ट्विन चार सय ८० पिस अन्दाजी मूल्य रू.१ लाख ४५ हजार ९ सय २० रुपैयाँ बराबरको सामान बरामद गरेको छ ।

प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी टोलिले जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १ पथलैया चौक स्थित रौतहटबाट काठमाण्डौ तर्फ जादै गरेको प्र.२–०१–००१ ख ०२२१ नम्बरको बसलाई रोकी जाँच गर्ने क्रममा बिल भरपाई नभएको ८० किलो पानिपुरी अन्दाजी १६ हजार रुपैयाँ बराबरको बरामद गरेको छ ।

उक्त सामानहरूलाई नियन्त्रणमा लिई आवश्यक कानूनी प्रकृया अगाडि बढाईएको बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै यस बारे जानकारी दिएका हुन् ।

Leave a review