बारा प्रहरीले ७८ लाख ६४ हजार बराबरको अवैध सामानसहित ट्रकलाई नियन्त्रणमा लिएको छ ।
विशेष सूचनाको आधारमा शुक्रबार प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी टोलिले जिल्लाको जीतपुर सिमरा उप–महानगरपालिका वडा नम्बर १ पथलैया चौकबाट सो सामान बरामद गरेको हो ।
वीरगञ्जबाट काठमाण्डौ तर्फ जादै गरेको ना ८ ख ७२४१ नम्बरको ट्रकलाई रोकी जाँच गर्ने क्रममा अवैध सामान सहित ट्रकलाई नियन्त्रणमा लिइएको हो ।
उक्त ट्रकमा विल भरपाई भन्दा बढि सामानको स्रोत खुलाउन नसकेको अन्दाजी मूल्य रू.७८ लाख ६४ हजार छ सय ७७ रूपैयाँ बराबरको रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले ट्रकमा लोड रहेको मोबिल,कपडा,अटो पार्ट र अन्य खुद्रा सामानहरू बरामद गरेको हो ।उक्त सामानहरु सहित ट्रक नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी आन्तरिक राजश्व कार्यालय पथलैया,बारामा पठाईएको बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिएका छन् ।


