रौतहट,१३ साउन । ओम प्रकाश यादव/
रौतहटमा पोखरीमा डुबेर एक जना किशोरको मृत्यु भएको छ ।
जिल्लाको गढ़ीमाई नगरपालिका-६ सिंगारमन धर्मपुरका ठूलो राय यादवको १८ वर्षका छोरा राजु यादवको पोखरीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको हो ।
वीरनगरा माधोपुर सडकखण्ड संग जोडिएको सिंगारमन जाने बाटो स्थित रहेको पोखरीमा शनिवार साझ अबेर नुहाउन गएका यादवको पौडी खेल्न नजानेर डुवेर मृत्यु भएको छ ।
अहिले चर्को गर्मि छ । गर्मी छल्न पोखरीमा नुहाउन जादा राजुको डुबेर मृत्यु भएपछि सिंगारमन धर्मपुर गाउँ नै शोकमा डुबेको छ ।


