जीतपुर : बारा जीतपुरसिमरा उपमहानगरपालिकाका अन्तरगत न्यायीक समिति सदस्य जादोलाल सहनीको मृत्यु भएको छ ।
मिर्गौला सम्बन्धि रोगको उपचार गराइरहेका सहनीको उपचारकै क्रममा मङ्गलबार सांझ बिरगंजमा निधन भएको हो । ५८ बर्षीय सहनी २०७९ को स्थानीय तह निर्वाचनमा जीतपुरसिमरा उपमहानगरपालिका १३ को वडा सदस्य निर्वाचित भएका थिए ।
सामाजिक क्षेत्रमा लामो समय सक्रिय सहनीको निधनले जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१३ पोताका स्थानीयले एक असल अभिभावक गुमाएको बताएका छन् ।
सहनीको निधनसंगै जीतपुरसिमरा उपमहानगरपालिकाले २०७९ मा निर्वाचित दुई नगरसभा सदस्य गुमाएको छ । २०८० जेठ १२ गते जीतपुरसिमरा उपमहानगरपालिका वडा नंम्बर १४ मा वडा सदस्य निर्वाचित रामपती थरुनीको निधन भएको थियो । थरुनी कार्यपालिका सदस्य समेत थिइन् ।

