कोरोना भाइरस भन्दा ज्यानगुमाउनेमा प्राकृतिक बिपत्तिमा बढी

साझेदारी दैनिक
साझेदारी दैनिक 377 पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

संघीय सरकारले कोभिड–१९ कोरोना भाइरसको नाममा लकडाउन,सटडाउन,कर्फ्यु र निषेधाज्ञा लागू गरे यता भाइरसको संक्रमण भएकै कारण मृत्यु हुनेको संख्या र तेब्बर रहेको एक तथ्यांकले देखाउ छ। नेपालमा कालगती र अन्य रोगभन्दा पनि प्राकृतिक र दैबी प्रकोपका कारण मृत्यु हुनेको संख्या बर्षेनी बढदै गएको छ । धेरैजसो प्राकृतिक बिपत्ति हामीले पहिल्यै समाधान गर्न सक्ने भए पनि संत्ता संन्चालकहरुको लापरबाहीका कारण यस्ता घटनाबाट बर्सेनि निर्दोष नागरिकले अकालमै ज्यान गुमाउनुका साथै चल अचल संम्पती समेत गुमाउनु परेको छ । बिपत्ति आउनु भन्दा पहिल्यै समाधान गर्न सक्ने बिपत्तिमा बाढी,पहिरो,डुबान,कटान र चट्याङ जस्ता आदि बिपत्तिलाई निर्कोलगरी बिपत्ति आउनु भन्दा अगावै समाधान गर्न सकिएपनी सरकारी हेलचक्¥याइ ,लापरबाही ,र उदाशिनता जस्ता गैर जिम्मेवारी बोधका कारण जनधनको ठूलो क्षेती हुनपुगेको हो।

कोभिड–१९ कोरोनाको कारण आइतबार संम्म नेपालमा २ सय ८९ जनाको मृत्यु भएको सरकारी तथ्यांकले देखाइरहदा प्राकृतिक प्रकोपका कारण २०७६ चैत्र यता ४ सय ५० भन्दा बढिको ज्यान गै सकेको छ । त्यसमा अन्य मृत्युको समावेश भने गरिएको छैन जसमा सवारी दुर्घटनामा परि ज्यान गुमाउनेको संख्या पनि बढी नै रहेको छ। सरकारले भाइरसको नाममा घोषणा गरेको लकडाउन यता मात्रै प्रकृतिक बिपत्तिका कारण मृत्यु हुनेमा सबैभन्दा बढी पहिरोमा पुरिएर २ सय ४५ जना रहेको छ भने चट्याङ लागेर ५५ जना रहेका छन ,त्यसैगरी बाढी र डुबानका कारण मृत्यु हुनेको संख्या ५२ रहेको बिपत्ति जोखिम तथा न्यूनीकरण व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

जेष्ठ महिनाको पहिलो साताबाट शुरु भएको मनसुनका कारण मात्रै २ सय ८२ जनाको मृत्यु भएको देखिन्छ । गृहमन्त्रालयको आपतकालीन संन्चालन केन्द्रले मात्रै पुष्टि गरेको यो तथ्यांकले पनि बुझ्न् सकिन्छ कि हाम्रो मुलुकमा नागरिक अकालमै ज्यान गुमाउन बाध्य भै चलअचल संम्पति गुमाउनुका साथै सयौ परिवारका बालबालिका टुहुरो हुन बाद्य परेको छ।समयमै यस्ता प्रकृतिक प्रकोपलाई राज्यको बिज्ञ टोलि खटाई स्थानिय तह संम्म परिचालन र अनुगमन गराउने हो भने अबोध मुलुकबासिले अकालमै ज्यान गुमाउनु पर्ने थिएन ।

समाचार शेयर गर्नुहोस
Leave a review