“भनिन्छ मान्छे विग्रे एक छाक किसान विग्रे एक साल” आज मुलुकमा जारी बन्दाबन्दीका कारण सामान्य किसान देखि मध्यम वर्गका किसान ज्यादै प्रताडीत भएका छन । कोभिड–१९ कोरोना भाईरस विरुद्ध जारी बन्दाबन्दी ४८ औ दिन देखि जारी रहदा आज बैंकबाट ऋण लिएर भैंसी पालन, गाईपालन, कुखुरा पालन, माछा पालक देखि विभिन्न किसिमका तरकारी खेती गर्ने किसान पूर्ण रुपमा मार्कामा परेका छन् ।
गाई, भैंसी पालन गर्ने किसानको दुध बजारमा जान नसक्दा बाटोमा मिल्क्याउने देखि दुध दोहोर तिनै वस्तु भाउलाई खुवाई रहेका छन् । लाखौ ऋणको भार बढ्दै छ, व्याज बढ्दै छ भने पालीएका जनावरलाई उचित दाना खुवाउन नपाउँदा गोठमै मर्न समेत थालेका खबर बाहिर आउदैछ ।
कुखुरा पालक किसनको पिर पनि नराम्ररी थिलो थिलो भएको छ, समय विती सकेपछि पनि कुखुरा विक्री नहुँदा दाना अभावका कारण जिउँदै कुखुरा खाल्डोमा हालेर पुरेको भिडियो सामाजिक सञ्जालमा प्रसस्तै देख्न पाउँछौ भने कुखुराको अण्डा विक्री नहुँदा किसानले अण्डा समेत खाल्डोमा हालेका छन् ।
विक्री भएको अण्डा पनि बिचौलियाले कौंडीको भाउमा खरीद गरी लकडाउनको वहानामा चारगुणा मुल्य बढाएर बेचिरहेका छन् । यता तरकारी खेती गर्ने किसानको पिर मर्का भने झन अचाक्ली छ । जारी बन्दाबन्दीका कारण खेतबारीमा परिपक्क तरकारी बजार सम्म पुग्न नसक्दा कुहिएर फ्याक्नु परेको दृश्य हामीले बारम्बार देखि रहेका छौ ।
केही बाहिरीएको तरकारी पनि लकडाउनकै बहानामा विचौलियाले कौडीको भाउमा किनी दश गुना सम्म बजारमा बेची रहेका छन । नेपालमा किसनले लगाएको तरकारी खेतबारीमै कुहीएर जादा भने सकारले छिमेकी देश भारतबाट तरकारी अभाव देखाउदै आयत गर्दै छ, कस्तो विडम्वना, कृषि मन्त्रालय र जिल्ला जिल्लामा रहेको स्थानिय कृषि विभाग हेर्ने निकाए के हेरेर बसेका छन ? उता माछा पालक किसानको पोखरीको माछा पोखरीमै मर्न थालेका छन, बन्दाबन्दीकै कारण उचित बजारको अभाव छ ।
यसरी समग्र रुपमा किसान माथि भएको यो हानी नोक्सानी तर्फ सकारले समयमै बैंक ऋणको मिनाहा, व्याज छुट र कर्जाको समय सिमा अवधि कम्तीमा एक वर्ष बढाउन जरुरी छ नत्र किसान पलायन भई मासु, माछा, अण्डा, तरकारी र अन्य खाद्यान्नको आगामी दिनमा ठूलै अभाव झेल्नु पर्ने देखिन्छ ।