Sajhedari Daily
Latest News from Nepal

कलैया सिटि जेसिसद्वारा चुल्हो बाल्ने अभियान शुभारम्भ

Top Aside Banner

रबिन्द्र प्रसाद साह/
कलैया सिटि जेसिसको आयोजनामा कलैयामा विहिवारदेखि चुल्हो बाल्ने अभियानको शुभारम्भ गरिएको छ ।
उक्त अभियान अन्तर्गत कलैया उपमहानगरपालिकाभित्र रहेका कोरोना भाईरसबाट प्रभावित अति विपन्न,गरिब,असहाय घरपरिवारलाई एक कार्यक्रमकाविच चुल्हो बाल्नको लागि केहि राहत सामग्रीहरु हस्तांतरण गरिएको छ ।

कलैया सिटि जेसिस सन २०२० का अध्यक्ष विपिन चौधरीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा २७ कोरोना भाइरसबाट प्रभावित अतिविपन्न, गरिब, असहाय घरपरिवारलाई चामल १० किलो, दाल १ किलो, सोयाबिन आधा किलो, नुन १ किलो, खाने तेल १ पाकेट, सलाई १ पाकेट वितरण गरिएको थियो ।

वितरण कार्यक्रममा जेसिहरु राजेश प्रसाद कुशवाहा, धनिलाल सर्राफ, पवन कुशवाहा, अनिल कुशवाहा, बैजु दास, सावित्री शर्मा लगायतको उपस्थिति रहेको शम्भु गुप्ताले गराएका थिए ।