सरकारी निकायको बजार अनुगमन,आधा दर्जन पसलेलाई जरिवाना

साझेदारी दैनिक
308 पाठक संख्या

वीरगञ्ज : वीरगञ्जमा सरकारी निकायले बजार अनुमगन शुरु गरेको छ । सोहीक्रममा बुधबार वीरगञ्जमा बाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्साका निमित्त कार्यालय प्रमुख सुनिल चौरसियाको नेतृत्वमा बजार अनुगमन गरेको हो।

जिल्ला प्रशासन कार्यालय,खाद्य प्रविधि तथा गुण नि कर्यालय पर्सा,जिल्ला प्रहरी कार्यालय,वीरगंज उद्योग वाणिज्य संघ,उपभोक्ता हित संरक्षण मञ्च पर्सा सहितको अनुगमन टोलीले सँयुक्त रुपमा बजार अनुगमन गरेको हो ।

अनुगमनको क्रममा टोलीले ६ वटा पसलेलाई खरिद बिल नदेखाएकोले जरिवाना गरेको थियो ।खरिद बिल नदेखाएपछि उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ बमोजिम वीरगञ्जको न्यु अमित किराना स्टोर्स,मुकेश एण्ड केशरी किराना स्टोर्स,भगवती किराना भण्डारलाई जनही दश हजार जरिवाना गरिएको छ।

आयुष गल्ला किराना पसल, राहुल एण्ड नविन किराना र मुन्ना लाल किरानालाई जनही पाँच हजार जरिवाना गरिएको बाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्साका सूचना अधिकारी दिलिप खँग खत्वेले बताए।

जरिवाना गरिएको रकम सात दिन भित्र राष्ट्रिय बाणिज्य बैंकमा दाखिला गरी भौचर कार्यालयमा पेश गर्न निर्देशन पनि दिईएको उनले बताए । चाडपर्व नजिकिदै गएपछि अनुगमन गर्ने चलन रहेको छ।

Leave a review