वीरगञ्ज : सामुदायिक प्रहरी सेवा केन्द्र वीरगञ्ज बिर्ताले सँबिधान दिवसको अवसर पारेर वृक्षारोपण गरेको छ।
उसले वीरगञ्जको त्रिजुद्ध मावीमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। सो कार्यक्रममा विभिन्न उन्नत जातका ४० थान विरुवा रोपण गरिएको थियो ।सामुदायिक प्रहरी सेवा केन्द्रका बिर्ताका अध्यक्ष मजिदमियाँ अन्सारीको अध्यक्षतामा सो वृक्षारोपण गरिएको हो।
वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक निरज चौलागाईंको प्रमुख आतिथ्यमा सो कार्यक्रम सम्पन्न भएको हो। वृक्षारोपण कार्यक्रममा वडा नम्बर ४ का वडाध्यक्ष जगत साह कानु, नेपाली काङ्ग्रेसका नेता बिजय सरार्फ,बिधालयका प्रधानाध्यापक नवीन सिंह,शिक्षक लगायतको सहभागिता रहेको थियो ।
यसैगरि दिवसकै अवसरमा वीरगञ्ज महानगरपालिका वडा नम्बर १३ स्थित वडा प्रहरी कार्यालय श्रीपुरमा समेत वृक्षारोपण गरिएको छ। सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत वडा प्रहरी कार्यालय श्रीपुर,सामुदायिक सेवा केन्द्र मुर्ली श्रीपुर र सामुदायिक प्रहरी सेवा केन्द्र मुर्ली श्रीपुरको संयुक्त आयोजनामा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो।
सामुदायिक सेवा केन्द्र मुर्ली श्रीपुरका सचिव कुलनारायण प्रधानको अध्यक्षतामा सो वृक्षारोपण भएको हो। सो कार्यक्रममा वडा प्रहरी कार्यालय श्रीपुर पर्सामा कार्यरत प्रमुख प्रहरी निरीक्षक गोरख बहादुर शाही प्रमुख अतिथि रहेका थिए।

