पर्सामा लागु औषध खैरो हिरोइनसहित चार जना पक्राउ

साझेदारी दैनिक
381 पाठक संख्या

वीरगञ्ज : पर्सा प्रहरीले लागु औषध खैरो हिरोइन जस्तो देखिने प्लाष्टिकसहित ४५ ग्राम पदार्थ सहित चार जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु कार्कीले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गरी यसबारे जानकारी दिएका हुन्।

विशेष सूचनाको आधारमा पर्साको वीरगञ्ज महानगरपालिका वडा नं.१५ प्रतिमा चोकस्थित सडकखण्डमा प्रहरी चौकी बसपार्क र लागु औषध नियन्त्रण व्यूरो बीरगञ्ज पर्साबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो।

संकास्पदरूपमा हिडिंरहेका अवस्थामा भेटी शरीर तलासी गर्दा सो मध्येका वीरगञ्ज महानगरपालिका वडा नं.१९ विन्दवासिनी बस्ने वर्ष ३० को शम्भु राउत कम्करले लगाएको जिन्स पाइन्टको दाँहिने खल्तीमा कागजले बेरिएको लागु औषध खैरो हिरोइन जस्तो देखिने पदार्थ प्लाष्टिक सहित ४५ ग्राम फेला परेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका वडा नं.१९ बिन्दवासिनी बस्ने अन्दाजी ३० वर्षीय शम्भुराउत कम्कर, वीरगञ्ज महानगरपालिका वडा नं.१६
अन्दाजी १९ वर्षीय चन्दनकुमार पंडित, बहुदरमाई नगरपालिका वडा नं.१ बस्ने अन्दाजी ४० वर्षीय राजकिशोर मिश्रा र भारत बिहार राज्य मोतिहारी जिल्ला छटौनी थाना वडा नं.६ बस्ने अन्दाजी २७ वर्षीय सचिन सिंह रहेका छन्।

उक्त लागु औषधसहित पक्राउहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

Leave a review