मृत अवस्थामा पुरुषको शव फेला

साझेदारी दैनिक
295 पाठक संख्या

कलैया : एक जना पुरुषको मृत अवस्थामा शव फेला परेको छ ।

बाराको प्रसौनी गाँउपालिका वडा नम्बर १ त्रिवेणी स्थित गण्डक नहरमा मृत अवस्था बिहीबार पुरूषको शव फेला परेको हो ।

ईलाका प्रहरी कार्यालय प्रसौनी बाराबाट खटिएको टोली घटनास्थलमा पुगेको हो।

पर्साको वीरगंज महानगरपालिका वडा नम्बर ३ छपकैया टोल बस्ने अन्दाजी २६ वर्षीय बिरेन्द्र साह सोनार रहेको भन्ने बुझिएको प्रहरीले जनाएको छ।

यसबारे थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

मृतकको शव पोष्‍टमार्टमको लागी नारायणी अस्पताल वीरगंज,पर्सामा पठाईएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिएका हुन्।

Leave a review