सन्दिप प्रसाद यादब/
देशकै तेस्रो पुरानो विद्यालय श्री ३ चन्द्र माध्यमिक विधालयमा कानुन बिपरित बिधालय ब्यवस्थापन समिति गठन भएको भन्दै उच्च अदालत बिरगंजले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
बाराको कलैया उपमहानगरपालिका वार्ड नम्बर १ अवस्थित रहेको श्री ३ चन्द्र माध्यमिक विधालय माथि उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगंज इजलास नं. ४ का न्यायाधीश श्री दुर्गा बहादुर विश्वकर्माले अन्तरिम अल्पकालीन आदेश जारी गरेका हुन् ।
अदालतको आदेशमा निवेदकको माग बमोजिमको आदेश किन जारी हुनु नपर्ने हो ? माग बमोजिमको आदेश जारी हुनु नपर्ने कुनै आधार र कारण भए सबुद प्रमाण सीत म्याद सूचना पाएका मितिले बाटोको म्याद बाहेक १५ दिन भित्र विपक्षीहरुलाई आफै वा आफ्नो कानून बमोजिमको प्रतिनिधि मार्फत लिखित जवाफ पेश गर्न भनीएको छ ।
निवेदकले विपक्षी श्री ३ चन्द्र माध्यामिक विद्यालयको व्यवस्थापन समितिमा विपक्षीहरुको आपशी मिलोमोतोमा सदस्यहरु तथा अध्यक्षमा शिक्षा नियमावली, २०५९ ले निर्दिष्ठ गरेको प्रकृया पुरा नगरी चयन गरेकोे दावी गरेको छ ।
निवेदनसाथ पेश गरेको प्रतिलिपीबाट बिद्यालयमा पारदर्शी,निष्पक्ष र उचित प्रकृयाबाट योग्य व्यक्तिहरु व्यवस्थापन समितिमा छनोट हुनु पर्नेमा सोको विपरित अपारदर्षी भएको देखएको भनिएको छ ।
विद्यालय व्यवस्थापन समितिमा गठन गर्ने गरि विपक्षीहरुबाट भदौ ५ को निर्णय जहाँ जे जस्तो अवस्थामा छ कार्यान्वयन नगरी यथास्थितिमा राख्नु भनी विपक्षीहरुको नाउँमा उच्च अदालत नियमावली २०७३ को नियम ४२(१) बमोजिम अल्पकालिन अन्तरिम आदेश जारी गरि गरिएको छ ।अदालतले अन्तरिम आदेशका लागि छलफल गर्न दुवै पक्षलाई असोज २२ गते बोलाएको छ ।

श्री ३ चन्द्र उच्च माध्यमिक विधालयमा व्यवस्थापन समिति गठन एकलौटी रुपमा भएको र सो गठनमा रितपूर्वक पुरा गर्नु पर्ने नियमहरुको पालना नभएको र नवगठित व्यवस्थापन समितिमा अनियमितता भएको निबेदक अजहर मंसुरले आरोप लगाएका छन् ।
विद्यालय व्यवस्थापन समिति कार्यविधि अनुसार माध्यमिक विद्यालय कक्षा १२ सम्मको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुनको लागि कम्तिमा प्रविणता प्रमाण पत्र तह वा सो सरहको परिक्षा उतिर्ण गरेको हुनुपर्ने भएको तर अहिले चयन भएको व्यक्ति हरिओम सोनार १२ उतिर्ण नभएको र बिद्यालयको अभिभावक समेत नरहेकाले अयोग्य भएको तर्क गरेका छन् ।

