Sajhedari Daily
Latest News from Nepal

पुनःलकडाउन हुने संकेत, प्रदेश दुईमा मृत्युदर उच्च

Top Aside Banner

कोरोना भाइरस कोभिड–१९ को सक्रिय संख्या २५ हजार नाघेको अवस्थामा पुनः लकडाउन हुने चर्चा चलेसंगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशमा यो संख्या बढे पुनः बन्दाबन्दी गर्ने निर्णय समेत गरेको छ । अहिले मुलुकभर सक्रिय सक्रमितको संख्या १७ हजारको आसपास मात्रै देखिन्छ तर यो संख्या बढेर २५ हजार पुग्यो भने बन्दाबन्दी गर्नु पर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी समेत दिएका छन। मन्त्रालयका प्रवक्ता ड.गौतमले “इन्सिडेन्ट कमान्ड सिस्टम” आइसिएसको बैठकले संक्रमितको २५ हजार नाघेको अवस्थामा पुनः लकडाउन गर्न सकिने निर्णय गरेको बुधबार बिभिन्न संञ्चार माध्यमलाई जानकारी दिएसंगै जनमानसमा फेरि निरासा थपिएको छ । हाल मुलुकभरी कोरोना सक्रिय संक्रमितको संख्या बिहिबार संम्म १७ हजार ५ सय ३ जना रहेको छ भने २५ हजारभन्दा बढी सक्रिय संक्रमण रहेको अवस्थामा नेपालको हालको स्वास्थ्य मन्त्रालयले संक्रमण नियन्त्रण गर्न नसक्ने भन्दै पुन बन्दाबन्दी गर्ने निर्णयतर्फ जानू आर्थिक हिसाबले देश टाटपल्टिन सक्ने चिन्ता अर्थ बिज्ञहरुको छ ।

मन्त्रालयकै तथ्यांकका अनुसार कोभिड संक्रमणकै कारण प्रदेश नम्बर दुई मा सबैभन्दा धेरै व्यक्तिको मृत्यु भएको देखिएको छ। बिहिवारसंम्म मुलुकभर ४ सय २९ जनाको मृत्यु भै सकेको छ । जसमध्ये १ सय २४ जना प्रदेश दुई कै रहेका छन । यो संख्या कुल मृतकको २८ दशमलव २१ प्रतिशत हो । मुलुकभर संक्रमित भएकाहरुको मृत्यु दर शुन्य दशमलव ६४ प्रतिशत रहे पनि प्रदेश नम्बर दुईमा भने शुन्य दशमलव ८४ प्रतिशत छ। पछिल्लो तथ्यांक अनुसार मृत्यु हुनेको दर प्रदेश एकमा शुन्य दशमलव ७५, बागमती प्रदेशमा शुन्य दशमलव ७६ ,गण्डकी प्रदेशमा शुन्य दशमलव ६६ , प्रदेश नम्बर पाँचमा शुन्य दशमलव ६३ र कर्णाली र सुदुरपच्चिम प्रदेशमा शुन्य दशमलव १५ प्रतिशत रहेको देखिन्छ। यो तथ्यांक हेर्दा कोरोना संक्रमणका कारण मृत्यु हुनेमा कर्णाली प्रदेशमा सबैभन्दा मृत्युदर सबैभन्दा कम देखिन्छ ।

प्रदेश नम्बर दुईका अस्पतालहरुमा आइसियु र भेन्टिलेटर जस्ता स्वास्थ्य सामाग्री कमी हुनु लगायत आधारभुत स्वास्थ्य सुबिधामा कमी, अस्पतालहरुमा जनशक्ति र चेतनाको कमी, कुपोषण, ढिलोगरी अस्पताल पुग्ने लगायतका कारणले कोरोनाबाट हुने मृत्युदर यो प्रदेशमा बढी देखिएको स्वास्थ्य बिज्ञहरुले बताएका छन। मानव बिकास सुचांकमा समेत दुई नम्बरं प्रदेश धेरै तल देखिन्छ । देशको जनसंख्याको लगभग एक तिहाई जनसंख्या रहेको यो प्रदेशमा संघीय र प्रदेश सरकारहरुले महामारी नियन्त्रणको लागि बिशेष र नयाँ योजना नल्याउदा संक्रमणकै कारण मृत्यु दर बढदै गएको र नयाँ कदम नचाल्ले हो भने स्थिती झन भयावह हुनसक्ने देखिन्छ ।