कलैया : कलैया उपमहानगरपालिकाले वातावरण संरक्षण कर लिन थालेको विरोधमा बाराका टिपर ब्यवसायी तथा टिपर चालकहरुले नौ घण्टा सडक अवरुद्ध गरेका छन्।
उनीहरुले मानवत मटिअर्वा सडक खण्ड अन्र्तगत कलैया उपमहानगरपालिका २ औधापुर स्थित महावीर मन्दिर चोकमा टिपर बाटोमा तेस्र्याएर सडक अवरुद्ध गरेका हुन्।
आईतबार बिहान सात बजे देखि अपरान्ह चार बजे सम्म करिब एक सयको हारहारीमा रहेका टिपर चालकहरुले सडक अवरुद्ध गरेका हुन्।
नेपाल सरकारले पटके सवारी कर काटन निषेध गरेपछि कलैया उपमहानगरपालिकाले वातावरण संरक्षण कर लिन थालेपछि आन्दोलनमा उत्रिनु परेको कलैयाका टिपर ब्यवसायी ओमशंकर साहले साझेदारी दैनिकलाई जानकारी दिए। कलैया उपमहानगरपालिकाले बडहर्वा,श्रीपुर,औधापुर,रामपुर,मनगढवा लगायतको स्थानमा कर संकलन ढाट राखेर कर संकलन गरिरहेको छ।
यस्ले टिपर ब्यवसायीलाई अनावश्यक दुःख दिने गरेको ब्यवसायी साहले गुनासो गरे । कलैया उपमहानगरपालिकाले रु १४१,निजगढ नगरपालिकाले रु ३३९,कोल्हवी नगरपालिकाले रु १७५ रुपैयाँ कर लिने गरेको टिपर चालक जागेश्वर पटेलले जानकारी दिएका छन्।
कलैया उपमहानगरपालिकामा सुमन निर्माण सेवाले ठेक्का लिएको चालक पटेलले बताए।
सडकमा धेरै समस्या रहेको टिपर चालकहरुको गुनासो छ । सडकमा ४/५ वटा डाट रहेको छ त्यसमा गाडीहरुलाई बिच सडकमा रोकेर कर उठाउने क्रममा अचानक ब्रेक लगाउदा रोक्दा दुर्घटना हुने संभावना पनि बढि रहेको चालकहरुले बताए ।
बिच सडकमा रोकेर कर दिदा अचानक पछाडीबाट दुर्घटना भएका घटनाहरु धेरै छन जसले गर्दा हामी चालकहरुको पेशामा दाग लाग्ने लग्ने गरेको आन्दोलनमा सहभागी एक चालकले दुखसो पोखेका छन्।
गृहमन्त्रालयले खारेजी गरे पनि ठेक्केदारहरुले आफ्नो मन पनि पैसा लिने र अनावश्यकमा दुख दिने गरेको अर्को चालकले बताए । यसैरी सडकमा दिन भरी प्रदर्शन गर्दा आफुहरु काम गरेर खाने र घर चलाउनमा पनि समस्या भइरहेको उनको भनाई छ ।
यता कलैया उपमहानगरपालिका,जिल्ला प्रशासन कार्यालय बारा र टिपर ब्यवसायी बीच छलफल गर्ने सहमतिमा भएपछि चालकहरुले सडक अवरोध हटाएकोे जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।


