कलैया : पत्रकारको मोवाईल खोस्ने र अबद्र व्यवहार गर्ने वडाअध्यक्षलाई कारवाही गर्न नेपाल पत्रकार महासंघ बारा र नेपाल प्रेस युनियन बाराले माग गरेका छन ।
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष सुनिल गुप्ताले रिपोर्टिङमा गएका पत्रकार रन्जन यादवको मोवाईल कब्जामा लिई अबद्र व्यवहार गरेका हुन ।
आईतवार बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुर बजारस्थित गौशलामा अतिक्रमण गरि बनाईएको संरचना हटाउने कार्यको रिपोर्टिङ गर्न गएका पत्रकार यादवको मोवाईल वडा अध्यक्ष गुप्ताले कब्जामा लिदै अबद्र व्यवहार गरेका पिडित पत्रकार यादवले बताए
।
सुरक्षा निकायको समेत उपस्थिति रहेको अवस्थामा वडा अध्यक्ष गुप्ताले मोवाइल खोस्नुका साथै सो क्रममा आफुलाई धम्क्याएको पत्रकार यादवले बताएका छन् ।
प्रेस सेन्टर बाराका अध्यक्ष समेत रहेका पत्रकार यादवलाई समाचार संकलनको विषयलाई लिएर दुव्र्यवहार भएको घटनाप्रति नेपाल पत्रकार महासंघ बारा शाखा र नेपाल प्रेस युनियन बारा शाखाको ध्यानाकर्षण भएको छ ।
महासंघका अध्यक्ष रेशम तिवारी र युनियन बाराका अध्यक्ष श्यामबाबु प्रसाद यादवले प्रेस विज्ञप्ती जारी गर्दै स्वतन्त्र रुपमा विना रोकतोक समाचार संकलन र लेखन पत्रकारको अधिकार भएकाले अवरोध गर्न खोज्ने र पत्रकारलाई दुव्र्यवहार गर्ने वडाअध्यक्षलाई कानुनी कारवाहीको लागी जोडदार माग गरेका छन ।
पत्रकार यादव साझेदारी दैनिकका संवाददाता,नेपाल पत्रकार महासंघ बारा शाखाको सहसचिव तथा बाराखबर डट कमका अध्यक्ष,रेडियो नेपालका प्रतिनिधि हुन् ।

